Author: Sarbatra Khabar
यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर
चितवन, जेठ १६ यामाहाले चितवनको नारायणगढमा स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । यामाहा नेपालले रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको हो। यामाहाको रे जेडआर १२५ हाइब्रिड स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध रहेको छ । नारायगढका लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरका एम डी कपिल सागर […]
पूरा पढ्नुहोस्
गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम
चितवन, जेठ १५ गणतन्त्र दिवसको अवसर पारेर आज सोमबार भरतपुर –४, लकूमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखा र गणतन्त्र दिवस समारोह समिति चितवनको सयुक्त आयोजनामा सम्पन्न भएको हो । रक्तदान कार्यक्रम जिल्ला सम्बन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यताका सम्पन्न भएको हो । कार्यक्रममा चिवनका […]
पूरा पढ्नुहोस्
गणतन्त्र संस्थागत गर्न दलका नेता र कर्मचारी सच्चिनु पर्छः मन्त्री जोशी
चितवन, जेठ १५ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्र […]
पूरा पढ्नुहोस्
गणतन्त्र दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर २ मा सरसफाई (फोटोफिचर)
चितवन, जेठ १५ भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले आज सोमबार सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिबसको अबसरमा वडाले विभिन्न टोल, बजार क्षेत्रमा सरसफाई गरेको हो । वडाध्यक्ष मनोज रानाभाटको नेतृत्वमा वडाका जनप्रतिनिधि, विद्यार्थी, शशस्त्र प्रहरी, नगर प्रहरी , टोल विकास संस्था, आमा समुह, रामेश्वर पुस्तकालयका सदस्य लगायत सयौंले कार्यक्रममा सहभागिता जनाउनुभएको हो । […]
पूरा पढ्नुहोस्
जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैनः प्रधानमन्त्री
काठमाडौं, जेठ १५ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताउनुभएको छ । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको […]
पूरा पढ्नुहोस्
आज दुई खेल हुँदै : ए डिभिजन लिग
काठमाडौं, जेठ १५ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछ। दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। साँझ ६ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
पूरा पढ्नुहोस्
सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै : गणतन्त्र दिवस
काठमाडौँ, जेठ १५ महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस […]
पूरा पढ्नुहोस्
आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुँदै
काठमाडौँ, जेठ १५ सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो। राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक […]
पूरा पढ्नुहोस्
उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छ: सभापति देउवा
काठमाडौं, जेठ १५ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताउनुभएको […]
पूरा पढ्नुहोस्
गैँडाकोटको अक्सफोर्ड कलेजलाई फेरि अन्तराष्ट्रिय अवार्ड
गैँडाकोट, जेठ १४ नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले ‘‘PEAK OF SUCCESS 2023 ’’ अवार्ड प्राप्त गर्न सफल भएको छ । संसारभरका राम्रा र सफल कम्पनीहरुलाई अर्वाड प्रदान गर्ने अमेरिकन कम्पनी द कन्फिडेरेसन अफ बिजनेसले काजगस्थानको राजधानी आस्थानामा आयोजित एक भब्य कार्यक्रमका बीच कलेजका प्रिन्सीपल प्रा. ई हरि भण्डारी लाई सो अर्वाड […]
पूरा पढ्नुहोस्




