Author: Sarbatra Khabar
क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति
काठमाडौं ,फागुन १५ क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश भ्रमणमा जाने अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले विदेश जाने अनुमति दिएको हो। साथै उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश सदर गरेको छ। नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालतले त्यसलाई उल्टाएर […]
पूरा पढ्नुहोस्
सरकारलाई दिएको समर्थन कायमै राख्ने : रास्वपा
काठमाडाैं ,फागुन १५ सरकारलाई दिएको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कायमै राख्ने भएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो । उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि […]
पूरा पढ्नुहोस्
पहिलो चरणको ओलम्पिक छनोटको खेल नेपालमा हुने
काठमाडाैँ , फागुन १५ आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि […]
पूरा पढ्नुहोस्
आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं , फागुन १५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचनमा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। केन्द्रीय समिति बैठकमा रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने […]
पूरा पढ्नुहोस्
निर्वाचनमा सहमति जुटाउनपर्ने भएपछि प्रधानमन्त्रीको दोहा भ्रमण रद्द
काठमाडौं ,फागुन १५ अल्पविकसित मुलुकहरको पाँचौं सम्मेलनका लागि तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द गरिएको छ। फागुन १९ गते उहाँ कतार जाने कार्यक्रम थियो। तर राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनुका साथै अन्य राजनीतिक कार्यक्रमहरुसमेत रहेकाले भ्रमण रद्द गरिएको हो। फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलन हुँदै छ। प्रधानमन्त्री दाहाल नेतृत्वको […]
पूरा पढ्नुहोस्
आठ दलीय गठबन्धनले बनायो राष्ट्रपति निर्वाचनका लागि कार्यदल
काठमाडौं ,फागुन १४ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनका लागि अगाडि सारेका आठ दलीय गठबन्धनले कार्यदल गठन गर्ने भएका छन् । प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक […]
पूरा पढ्नुहोस्
भारी वर्षाले केपी ओली कपका खेल स्थगित
काठमाडौँ ,फागुन १४ राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं […]
पूरा पढ्नुहोस्
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं ,फागुन १४ बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिने छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता […]
पूरा पढ्नुहोस्
आगामी दिनमा प्रदेश सरकार सशक्त भएर जान्छ: अध्यक्ष यादव
काठमाडौं ,फागुन १४ आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । हिजो शनिबार जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेको समेत उहाँले जानकारी गराउनुभयाे । सत्ता गठबन्धनले मधेश प्रदेशमा कुनै समस्या नआउने अध्यक्ष यादवले बताउनुभयो । […]
पूरा पढ्नुहोस्बागमती सरकारबाट राप्रपाका मन्त्रीको राजीनामा , बाहिरियो राप्रपा
काठमाडौं ,फागुन १४ संघदेखि सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशका मन्त्रीहरुले पनि राजिनामा दिनुभएको छ । राप्रपाका मन्त्रीहरुले शनिबार राति मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाउनुभएको हो । बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा […]
पूरा पढ्नुहोस्




