Saturday, October 10

Author: Sarbatra Khabar

राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै : निर्वाचन आयोग

काठमाडौं ,फागुन १३ आज (शनिवार)  राष्ट्रपति निर्वाचनका लागि  मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको […]

पूरा पढ्नुहोस्

अब सरकारले दिने आकस्मिक बिदामा बैंकहरू खुल्ने

काठमाडौं ,फागुन १२ सरकारले आकस्मिक रुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था […]

पूरा पढ्नुहोस्

वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्‍ने

काठमाडौं ,फागुन १२ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार  बन्नुहुने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने बताउनुभयो ।  उहाँले  आज साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने  […]

पूरा पढ्नुहोस्

शनिबार बाहेकका बिदामा सरकारी कार्यालय खोल्ने तयारी

काठमाडाैं , फागुन १२ सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाकाे बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले  बताउनुभयो  ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको आज बैठक

काठमाडौं ,फागुन १२ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक  बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।

पूरा पढ्नुहोस्

गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने

गैँडाकोट ,फागुन ११ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी पूर्वको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने […]

पूरा पढ्नुहोस्

केपी ओली कप प्रतियोगिता आजबाट सुरु

ललितपुर ,फागुन ११ केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली […]

पूरा पढ्नुहोस्

आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं ,फागुन ११ आज बिहीबार देशका केही स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

  काठमाडौं ,फागुन ११  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका […]

पूरा पढ्नुहोस्

प्रेस युनियन चितवनले खुलायो सदस्यता

चितवन, फागुन १० नेपाल प्रेस युनियन चितवनले सदस्यता खुल्ला गरेको छ । सञ्चारकर्ममा सक्रिय रहेका पत्रकारहरुका लागि सदस्यता लिन आव्हान गरेको छ । बुधबार विहान बसेको कार्यसमिति बैठकले फागुन १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । अध्यक्ष अनिल ढकालले सदस्यता नविकरण र सदस्यता वितरणका लागि ४ सदस्यीय समिति बनेको बताउनुभएको छ  । सचिव […]

पूरा पढ्नुहोस्