Author: Sarbatra Khabar
प्रदर्शनीको सम्पूर्ण तयारी पूरा , आज उद्घाटन गरिने : पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी
चितवन ,माघ २७ चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा शुरु हुन गईरहेको पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज शुक्रबार माघ २७ गते बिहान ११ बजे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहबाट समुद्घाटन हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि […]
पूरा पढ्नुहोस्
नेपाल उपविजेतामा सीमित :साफ यू–२० महिला फुटबल
काठमाडौं ,माघ २७ साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका […]
पूरा पढ्नुहोस्
डीआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडाैं ,माघ २६ बढुवाका लागि सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा चारजनाको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस […]
पूरा पढ्नुहोस्
चलचित्र क्षेत्रको विकास भएन : अध्यक्ष भुवन केसी
काठमाडौं ,माघ २६ सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा […]
पूरा पढ्नुहोस्
संघीय संसदको बैठकलाई राष्ट्रपतिले भोलि सम्बोधन गर्ने
काठमाडौँ ,माघ २६ भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुने […]
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडाैं ,माघ २६ संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी माघ २६ गते आज बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।
पूरा पढ्नुहोस्
आज हल्का हिमपातको सम्भावना
काठमाडौं ,माघ २६ आज बिहीबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमाआंशिक बदली रहेको महाशाखाले जनाएको छ।देशका पहाडी […]
पूरा पढ्नुहोस्
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै
काठमाडौं ,माघ २६ आज बिहीबार सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । सत्ता साझेदार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल जनाईएको छ ।
पूरा पढ्नुहोस्
शेयर बजारमा आज ७ अंकको गिरावट
काठमाडौं ,माघ २५ आज बुधबार दिन भरको उतार चढावकाबीच शेयर बजार परिसूचक ७.१३ अंकले घटेर २१७० दशमलब २१ विन्दुमा आएको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ […]
पूरा पढ्नुहोस्
एमालेका दसौंदी उपनिर्वाचनमा निर्वाचित
काठमाडौं ,माघ २५ राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएकाे छ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित हुनुभएकाे हाे । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनु भयाे ।
पूरा पढ्नुहोस्




