Author: Sarbatra Khabar
इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’ अब लायन्स चोकको आनन्दमार्गमा (फोटोफिचर)
चितवन, माघ १० भरतपुरको ओरालोमा २०७५ सालदेखि सञ्चालित इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’ लायन्सचोकको आनन्द मार्गमा सरेको छ । होटलका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको ‘आइएसएचम कलेज’, ले पाक कलामा व्यावसायिक डिप्लोमा र होटल व्यवस्थापनमा व्यावसायिक डिप्लोमाका कक्षाहरु सञ्चालन गर्दै आइरहेकोे छ । नयाँलाई सिकाउने मात्र होइन आइएसएचएम ले होटलमा काम गरिरहेका दक्ष जनशक्तिलाई थप […]
पूरा पढ्नुहोस्
आजदेखि सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ प्रतियोगिता सुरु
काठमाडौं ,माघ १० आज (मंगलबार) बाट सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक […]
पूरा पढ्नुहोस्
आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं ,माघ १० आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको छ।
पूरा पढ्नुहोस्
देशको पश्चिमी क्षेत्रमा आज हिमपात र वर्षा
काठमाडौं , माघ १० आज (मंगलबार) पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको प्रक्षेपण गरिएको छ। वर्षा […]
पूरा पढ्नुहोस्
दलहरू उम्मेदवारको टुंगो लगाउँदै : राष्ट्रियसभा सदस्य उपनिर्वाचन
घोराही , माघ १० लुम्बिनी प्रदेशअन्तर्गत माघ २५ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन्। उम्मेदवारी दर्ताको मिति नजिकिँदा सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली काँग्रेसमा उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरत गरेका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त उक्त सिटका लागि […]
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
काठमाडौँ ,माघ ९ नेपाली काँग्रेसलाई संघीय संसद् सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको छ। काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि काँग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै विभिन्न टिप्पणी भएका थिए। अब […]
पूरा पढ्नुहोस्
कांग्रेस पदाधिकारी बैठक आज विहान बस्दै
काठमाडौं ,माघ ९ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज विहान ९ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो । आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी दिनु भएको छ ।
पूरा पढ्नुहोस्
देशभर आगामी जेठभित्र संगठन विस्तार गर्ने रास्वपाको निर्णय
काठमाडौं ,माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। माघ १६ गते […]
पूरा पढ्नुहोस्
सञ्चारकर्मी बिना श्रेष्ठ ‘नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९’ मा सम्मानित
काठमाडौं ,माघ ८ दोस्रो नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९ मा सञ्चारकर्मी बिना श्रेष्ठ सम्मानित हुनु भएको छ । सञ्चारकर्मी बिना श्रेष्ठ गत शुक्रबार चलचित्र विकास बोर्डमा भएको दोस्रो नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९ मा सम्मानित हुनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सञ्चारकर्मी बिना श्रेष्ठलाई अवार्ड तथा […]
पूरा पढ्नुहोस्
कांग्रेसले प्रतिपक्षी दलको सुविधा माग्दै संसद सचिवालयमा निवेदन
काठमाडाैं , माघ ८ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ । प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्




