आर्थिक
चितवनको भरतपुरमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने
चितवन, चैत २७ चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ । प्रदर्शनीको तयारीको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो । उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि […]
पूरा पढ्नुहोस्
सि स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुलाई विशेष छुटमा कम्प्युटर पढाउदै
चितवन, चैत २७ चितवनको भरतपुरमा रहेको सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुका लागि विशेष कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको पहिलो सातादेखि नै एसईई दिएका विद्यार्थीहरुका लागि २० प्रतिशत सम्म छुट दिएर कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको सी स्टारले जनाएको छ । सी स्टार एजुकेशनल कन्सलटेन्सीका निर्देशक बसन्त पोखरेलले एसईई दिएर […]
पूरा पढ्नुहोस्
आठ महिनामा भित्रियो रु नौ खर्ब ६१ अर्ब विप्रेषण, २१ प्रतिशतले वृद्धि
काठमाडौं, चैत २३ राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी गराएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा […]
पूरा पढ्नुहोस्
सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी
चितवन, चैत २२ प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिर्नुभयो । […]
पूरा पढ्नुहोस्
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको समिक्षा आज सार्वजनिक, सम्रगमा उद्घाटन कार्यक्रम सफल भएको दाबी
चितवन, चैत १६ भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार चितवन एक्सपो सेन्टरमा भरतपुर महानगरले फागुन १८ गते नारायणी किनारमा भएको उद्घाटन कार्यक्रमका उपलब्धीहरु सार्वजनिक गरेको हो । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको र्यालीमा करिब ८० हजार जना भन्दा बढी भरतपुरबासी उपस्थित भएको बताइएको छ […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा आज सामान्य अङ्कको वृद्धि
काठमाडौँ, चैत १५ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । आज बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा रहेको छ । […]
पूरा पढ्नुहोस्
बुधबार नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौँ, चैत ८ नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा […]
पूरा पढ्नुहोस्
साझा सङ्कल्प: क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गरिने
काठमाडौँ, चैत ७ सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ । त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका […]
पूरा पढ्नुहोस्
ढुवानी व्यवसायी महासंघको अध्यक्षमा नेपाल सर्वसम्मत, बागमती प्रदेश संयोजकमा तिमिल्सिना
चितवन, चैत ५ देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष,कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि अरुणकुमार […]
पूरा पढ्नुहोस्
डलरको मूल्य १३२, युरोको १४४ : अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?
काठमाडौँ, चैत ४ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ६ […]
पूरा पढ्नुहोस्




