Friday, October 9

साहित्य

युटेक कलेजको स्नातकोत्तर तह प्रवेश परीक्षा असोज ३ मा हुने

भरतपुर, भाद्र ३० भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र एमएससी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको प्रवेश परीक्षा असोज ३ गते हुने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजमा स्नातकोत्तर तहमा कन्स्ट्रक्सन म्यानेजमेन्टको कोर्स २०७४ देखि सञ्चालन हुँदै आएको छ भने ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टको कोर्स यसवर्षदेखि सञ्चालन हुँदैछ । काठमाडौँ […]

पूरा पढ्नुहोस्

जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली

काठमाडौँ, भाद्र २३ प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ […]

पूरा पढ्नुहोस्

सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने विद्यार्थीलाई निःशुल्क बस उपलब्ध गराउने

चितवन, भाद्र १३ चितवनको सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । भदौ १५ गते भरतपुरको वीरेन्द्र क्याम्पसमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीलाई कलेजले निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो । त्रिभुवन विश्वविद्यालयले यही भदौ १५ गते बिहान ८ बजे लिने सिम्याट परीक्षाको […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न

चितवन, भाद्र १३ भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले आगामी शैक्षिक वर्षदेखि सञ्चालन गर्न लागेको बिएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कार्यक्रमको विषयमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी दिन ओपन हाउस कार्यक्रम गरेको छ । होटल तथा पर्यटन उ‌द्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तित्वहरुलाई ओपन हाउस आमन्त्रण गरी यस उ‌द्योगको बारेमा प्यानल छलफल गरिएको थियो । पोखरा विश्ववि‌द्यालयअन्तर्गत […]

पूरा पढ्नुहोस्

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि

चितवन, भाद्र ८ त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, […]

पूरा पढ्नुहोस्

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

काठमाडौं, भाद्र १ क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने  तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा […]

पूरा पढ्नुहोस्

डेढ दशकदेखि चितवनमा विशुद्ध इन्जिनियरिङ अध्यापन गराउँदै युनाइटेड टेक्निकल कलेज

चितवन, भाद्र १ इन्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) ! पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० […]

पूरा पढ्नुहोस्

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

गोदावरी,  (ललितपुर) साउन २६ मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले हिजो प्रवचन दिनुभएको हो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गर्नुभएको थियो । प्रवचनका क्रममा आचार्य कृष्णले भन्नुभयो, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई […]

पूरा पढ्नुहोस्

चितवनमै पहिलोपटक युटेकमा स्नातक र स्नातकोत्तरमा नयाँ कार्यक्रम सुरु

चितवन, साउन २६ चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्बजनिक

काठमाडौं, साउन १८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो […]

पूरा पढ्नुहोस्