Thursday, October 22

समाचार

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत्र ६ हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली […]

पूरा पढ्नुहोस्

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

काठमाडौं, चैत ५ प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको […]

पूरा पढ्नुहोस्

अछाम केन्द्रविन्दु भएर भूकम्प

सुर्खेत, चैत्र ५ सुदूरपश्चिमको अछाममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछामको बाटुलासेन आसपास केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मंगलबार बिहान ६ बजेर ३३ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

पूरा पढ्नुहोस्

कहिले आउछ पुष्पा-३ ?

काठमाडौँ, चैत्र ४ साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

‘मिसन–२०२६’ को समिक्षा

काठमाडौँ, चैत्र ४ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना […]

पूरा पढ्नुहोस्

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुदै

काठमाडौँ, चैत्र ४ रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी […]

पूरा पढ्नुहोस्

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ, चैत्र ४ नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टिम: गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ । डिफेन्डर: […]

पूरा पढ्नुहोस्

चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते रिलिज हुने

चितवन, चैत्र ३ ऋषिराज आचार्यद्वारा लिखित र निर्देशित नेपाली चलचित्र ‘द्रौपदी’ आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ । चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ । चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो ।  पत्रकार […]

पूरा पढ्नुहोस्

पीएम कपमा आज तीन खेल हुदै

काठमाडौँ, चैत्र ३ जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, चैत्र ३ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले ‘निजीकरण […]

पूरा पढ्नुहोस्