Tuesday, October 27

समाचार

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका लागि १० उम्मेदवारको नाम (सूचीसहित)

काठमाडौं, पुस २३ नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने […]

पूरा पढ्नुहोस्

तराईका केही स्थानमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २३ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

पूरा पढ्नुहोस्

चितवनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ मा हुँदै

चितवन, पुस २२ नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा महाधिवेशनको तयारी पुरा भएको  संघले जनाएको छ । महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशमा सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा प्रदान गर्ने

चितवन, पुस २२ बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा दिने भएको छ । बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि २०८० […]

पूरा पढ्नुहोस्

अन्तिम मतदाता नामावली आज प्रकाशन गरिने : राष्ट्रियसभा निर्वाचन

काठमाडौंं, पुस २२ राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ। पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ। पुस २७ गते उमेदवारको अन्तिम […]

पूरा पढ्नुहोस्

श्री चमेली देवी पिया माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

चितवन, पुस २२ श्री चमेली देवी पिया माध्यमिक विद्यालय भरतपुर -३ को ३५ औं वार्षिक उत्सव एबं अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछानेको अध्यक्षता एबं भरतपुर महानगर पालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता मा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख […]

पूरा पढ्नुहोस्

चितवनको खैरहनीमा खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ गतेदेखि हुने

चितवन, पुस २१ थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको […]

पूरा पढ्नुहोस्

आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन हुने

चितवन, पुस २१ भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ । यस अघि भरतपुर भ्रमण […]

पूरा पढ्नुहोस्

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं,  पुस २१ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उहाँले बताउनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई […]

पूरा पढ्नुहोस्

आज यी दुई प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं,  पुस २१ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई […]

पूरा पढ्नुहोस्