समाचार
सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, भाद्र २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही […]
पूरा पढ्नुहोस्
एसिया कप : श्रीलंका र पाकिस्तानको खेल आज
काठमाडौं, भाद्र २८ एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
पूरा पढ्नुहोस्
आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन
काठमाडौं, भाद्र २८ आज कुशै औंशी । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसीमा घर घरमा कुश भित्र्याउने तथा पितृकर्म गर्ने ग रिन्छ । वैदिक सनातन धर्मावलम्बीहरुले आज देव तथा पितृ कर्ममा अनिवार्य चाहिने वनस्पति कुश भित्र्याउने गर्दछन् । विहानै नुहाईधुवाई गरी मन्त्रोच्चारणसहित उखेलेको कुश घरको ढोकामाथि कसैको छोईछिटो नहुने गरी राख्ने चलन […]
पूरा पढ्नुहोस्
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको
काठमाडौं, भाद्र २८ नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान […]
पूरा पढ्नुहोस्
चितवनको रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्षमा शंकर गिरी
चितवन, भाद्र २७ रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हाल्नु भएको छ । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित हुनु भएको हो। बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका […]
पूरा पढ्नुहोस्
चितवनको कालिका नगरपालिकामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न
चितवन, भाद्र २७ कालिका नगरपालिकाको आयोजनामा ई–हाजिरी प्रयोग तथा व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गर्नुभएको हो । नगरभित्रका ३७ विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना प्रविधि शाखा अधिकृत घनश्याम वास्तोलाले तालिम प्रदान गर्नुभएको हो । सो तालिमलाई सम्बोधन गदैं कालिका नगरपालिका नगरप्रमुख विनोद रेग्मीले नगरपालिका अन्र्तगतका सबै […]
पूरा पढ्नुहोस्
चितवनको माडी नगरपालिकाले कच्ची घरको अभिलेखीकरण गर्दै
चितवन, भाद्र २७ माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, […]
पूरा पढ्नुहोस्
श्रीलंकालाई हराउँदै भारत फाइनलमा : एसिया कप क्रिकेट
काठमाडौं, भाद्र २७ भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा भएकाे सुपर फोर अन्तर्गतकाे दाेस्राे खेलमा सहआयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएकाे श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो ।
पूरा पढ्नुहोस्
आज राप्रपाले बृहत् र्यालीसहित विरोध सभा गर्दै
काठमाडौं, भाद्र २७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्ने भएको छ। र्याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले […]
पूरा पढ्नुहोस्
आज यी स्थानमा हल्कादेखि मध्यम वर्षा : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र २७ बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि […]
पूरा पढ्नुहोस्




