Friday, October 23

समाचार

भारतसँग पाकिस्तान पराजित : एसिया कप क्रिकेट

काठमाडौं, भाद्र २६ एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा सोमबार भएको सुपर फोर चरणको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा टस हारेर पहिला व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो । भारतको लागि विराट […]

पूरा पढ्नुहोस्

भोलि २७ गते राप्रपाले गौ हत्याको विरोधमा आन्दोलन गर्ने

काठमाडौं, भाद्र २६ राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । हिजो सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र २६ आज मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी […]

पूरा पढ्नुहोस्

विद्यार्थीको उत्साहजनक सहभागिताका साथ “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न

भरतपुर, भाद्र २६ सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत नेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो । मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले […]

पूरा पढ्नुहोस्

असोज २९ भित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौ, भाद्र २५  नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गते भित्र अधिवेशन गर्न निर्देशन दिएको छ।केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो। कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन […]

पूरा पढ्नुहोस्

सेयर बजारमा सामान्य सुधार

काठमाडौ, भाद्र २५ निरन्तर घटेको सेयर बजारमा हिजो आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका […]

पूरा पढ्नुहोस्

गरिबलाई बैंकहरूले अझै पनि ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली

काठमाडौँ, भाद्र २५ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गनुभएको छ । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो। उहाँले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, भाद्र २५ आज सोमबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको नेतृत्व अब सरकारमा आवश्यक : नेता शेखर कोइराला ( जिल्ला सम्मेलनको केहि तस्वीरहरु सहित)

चितवन, भाद्र २४  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । हिजो शनिबार कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कोइरालाले देशको प्रधानमन्त्री  गैरजिम्मेवार बन्दै गएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा  राख्र्नु भयो । अहिले कांग्रेसका मन्त्रीहरुले केही गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै […]

पूरा पढ्नुहोस्

आजदेखि विपी साहित्य महोत्सव हुने

काठमाडौँ, भाद्र २४ नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । […]

पूरा पढ्नुहोस्