समाचार
मौसम पूर्वानुमान : पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन १२ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी […]
पूरा पढ्नुहोस्
यही साउन १३ गते ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने
गैंडाकोट, साउन ११ लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने भएको छ । आज विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा […]
पूरा पढ्नुहोस्
आगामी असोज २ मा कांग्रेस केन्द्रीय समितिको अर्को बैठक बस्ने
काठमाडौं, साउन ११ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।
पूरा पढ्नुहोस्
चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन, साउन ११ युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले हिजो (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र […]
पूरा पढ्नुहोस्
आगामी मंसिरमा महासमिति बैठक गर्ने कांग्रेसको निर्णय
काठमाडौं, साउन ११ नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति […]
पूरा पढ्नुहोस्
नेप्सेमा सामान्य गिरावट
काठमाडौं, साउन ११ सेयर बजारको गिरावट हिजो बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । हिजो बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ । […]
पूरा पढ्नुहोस्
देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो
काठमाडौं, साउन १० देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको […]
पूरा पढ्नुहोस्
आज पनि कोशी प्रदेश सरकारको वैधानिक वहस हुने
काठमाडौं, साउन १० कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पुनः वहस जारी रहने छ । गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको […]
पूरा पढ्नुहोस्
आज पनि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, साउन १० नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ः०० बजे बोलाइएको छ । गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो । जसअनुसार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ, साउन १० आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसद्मा पेस हुनेछ […]
पूरा पढ्नुहोस्




