Wednesday, October 14

समाचार

नवौँ चरणका खेल आजदेखि : ए डिभिजन लिग

काठमाडौं, बैशाख २ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे […]

पूरा पढ्नुहोस्

गरिबी विरुद्ध एकजुट हुन कर्णालीका मुख्यमन्त्रीको आव्हान

सुर्खेत, बैशाख १ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकासमा पछि पारिएको कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्ध प्रदेश निर्माणमा हातेमाले गर्न आव्हान गर्नुभएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रदेश तथा देशवासीलाई शुभकामना दिँदै आज मुख्यमन्त्री शर्माले कर्णालीका नागरिकको मुख्य शत्रु ‘गरिबी’ भएकाले त्यसका विरुद्ध चलाइएको महाअभियानमा एकताबद्ध भएर जुट्न अपिल गर्नुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्

शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौं, बैशाख १ नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हुनुभएकाे छ । संघको नवौं अधिवेशनबाट गिरी अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भए । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।

पूरा पढ्नुहोस्

आज बस्ने भनिएकाे शीर्ष नेताहरूको बैठक स्थगित

काठमाडौं, बैशाख १ शीर्ष नेताहरुको आज दिउँसाे बस्ने भनिएकाे बैठक स्थगित भएको छ । आज दिउँसाे  संसदमा रहेका विचाराधीन विधेयक र संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्नका लागि बस्ने भनिएको बैठक स्थगित भएको हाे । अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको एक नेताले बताउनुभयाे । यसअघि प्रतिनिधि सभाका सभामुख […]

पूरा पढ्नुहोस्

सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस् : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ, बैशाख १ कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । कामु प्रधानन्यायाधीश कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विक्रम संवत् २०८० को प्रारम्भ अर्थात् नववर्षको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण […]

पूरा पढ्नुहोस्

व्यक्तिगत घटना दर्ता सप्ताह आजदेखि : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

काठमाडौं, बैशाख १ व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले आजदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ। विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि […]

पूरा पढ्नुहोस्

आजबाट नयाँ वर्ष शुरु,शुभकामना आदानप्रदान गरी मनाइँदै

चितवन, बैशाख १  आज (शुक्रबार)बाट  विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल सुरु भएको छ ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँने गर्दछन । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना […]

पूरा पढ्नुहोस्

कांग्रेसलाई चुनावअघिको गठबन्धनले घाटा भयो : पूर्वराष्ट्रपति यादव

काठमाडौं, चैत्र ३० चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको हो । उहाँले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताउनुभयो । एकले अर्कालाई मत हाल्दा कांग्रेसका […]

पूरा पढ्नुहोस्

थपिए १०६ जना कोरोना संक्रमित : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, चैत्र ३० देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४८८ जनाको नमूना परीक्षण गरिएको थियो । ५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

पूरा पढ्नुहोस्

नेपाल बार एशोसिएसन : प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने

काठमाडौं, चैत्र ३० प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने नेपाल बार एशोसिएसनले चेतावनी दिएको छ । नेपाल बार एशोसिएसनले हिजो बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका विषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको […]

पूरा पढ्नुहोस्