समाचार
चैत ८ गतेदेखि प्रधानमन्त्री कप हुने
काठमाडौं ,फागुन ३० प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता यही चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा नेपालसहित, भुटान र लाओस सम्मिलित हुने जनाएको छ । दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलेर उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने […]
पूरा पढ्नुहोस्
भारतीय राष्ट्रपतिको राष्ट्रपति पौडेललाई बधाई
काठमाडाैं ,फागुन २९ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो । सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै […]
पूरा पढ्नुहोस्
स्थानीय र प्रदेश तहको पनि संलग्नता गराउनुपर्छ : सांसद प्रदीप पौडेल
काठमाडौं ,फागुन २९ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तहको सिफारिसको […]
पूरा पढ्नुहोस्
आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिंदै
काठमाडौं ,फागुन २९ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने […]
पूरा पढ्नुहोस्
नेपाल र पीएनजी बीच आज खेल : आईसीसी विश्व क्रिकेट लिग टू
काठमाडौं ,फागुन २९ आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार विहान साढे ९ बजे सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ। पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ। आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने […]
पूरा पढ्नुहोस्
उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन : स्ववियु निर्वाचन
काठमाडौं ,फागुन २९ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबीविरोध भएको थियो। स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको […]
पूरा पढ्नुहोस्हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौं ,फागुन २९ देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहे पनि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक चैत ८ गते बस्ने
काठमाडौं ,फागुन २८ सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ । राष्ट्रिय सभाको सचिवालयले आइतबार सूचना जारी गरी सोमबार फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम […]
पूरा पढ्नुहोस्
कांग्रेसबाट नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा राजीनामा
काठमाडौं ,फागुन २८ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयले […]
पूरा पढ्नुहोस्
४ जना उम्मेदवारबीच उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने
काठमाडौं ,फागुन २८ उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता […]
पूरा पढ्नुहोस्




