Saturday, October 10

समाचार

आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै

काठमाडौं ,फागुन २८ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ । उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ […]

पूरा पढ्नुहोस्

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै : निर्वाचन आयोग

काठमाडौं , फागुन २८     उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज  उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ। आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो। […]

पूरा पढ्नुहोस्

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : कांग्रेस नेता पौडेल

काठमाडाैं , फागुन २७ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । “सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर […]

पूरा पढ्नुहोस्

नेपाल क्षयरोग निवारण संस्था चितवनको ४०औ साधारणसभा आज सम्पन्न (फोटोफिचर)

प्रदिप परियार चितवन ,फागुन २७ आज (शनिवार) भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४० औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाकी सचिव कुष्मा कुमारी पन्तले आ.व. ०७७/७८,  ०७८ /०७९को प्रगति प्रतिवेदन तथा ०७९/८०को प्रस्तावित बार्षिक कार्यक्रम र संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आ.व. ०७७/७८ र ०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन तथा […]

पूरा पढ्नुहोस्

७ जना कोभिड संक्रमित शनिवार भेटिए

काठमाडौं ,फागुन २७ आज (शनिवार) नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत […]

पूरा पढ्नुहोस्

ए डिभिजन लिग : तीन खेल आज हुँदै

काठमाडौं  ,फागुन २७ आज (शनिबार) शहीद स्मारक ए डिभिजन लिग फुटबलमा  तीन खेल हुँदै छ। तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशाला र दशरथ रंगाशालामा खेल हुन लागेको हो। दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई खेलमा पराजित पुलिस आज पहिलो जितको खोजी मैदान उत्रिँदा संकटा पनि पहिलो जित दर्ता […]

पूरा पढ्नुहोस्

डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता अपनाइने

चितवन , फागुन २७ चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने […]

पूरा पढ्नुहोस्

सत्ता साझेदार दलको बैठक बिहान बस्दै

काठमाडौं ,फागुन २७ आज (शनिबार) उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान साढे ८ बजेका लागि बोलाइएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदै गर्दा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारबारे विवाद हुने देखिएपछि बैठक बसी सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन […]

पूरा पढ्नुहोस्

आज एमालेको सचिवालय बैठक

काठमाडौं ,फागुन २७ आज (शनिबार) नेकपा एमालेले सचिवालय बैठक  बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ। शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ।

पूरा पढ्नुहोस्

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता : उपराष्ट्रपति निर्वाचन

काठमाडौं ,फागुन २७ निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयन–पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ […]

पूरा पढ्नुहोस्