समाचार
नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु
काठमाडाैं ,फागुन २६ आजदेखि नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण शुरु भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो । समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताउनु भयाे । हरेक वर्ष आयोजना […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो प्रतिवेदन
काठमाडौं ,फागुन २६ राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार पद तथा गोपनियताको सपथ […]
पूरा पढ्नुहोस्
राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै : निर्वाचन आयोग
काठमाडौं ,फागुन २६ निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी आइतबार सकिने भएकाले नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको […]
पूरा पढ्नुहोस्
मनोनयन पत्र आज वितरण हुँदै : स्ववियु निर्वाचन
काठमाडौँ ,फागुन २६ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार […]
पूरा पढ्नुहोस्
कर्जाको ब्याजदर घटाउने : नेपाल बैंकर्स संघ
काठमाडाैं ,फागुन २६ नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको हिजो (बिहीबार) बिहान बसेको बैठकमा बैंकहरुले ५ प्रतिशत भन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् । हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए । अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स […]
पूरा पढ्नुहोस्
नेपालले पीएनजीलाई हरायाे : आईसीसी विश्वकप लिग–२
काठमाडौं ,फागुन २६ आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो (बिहीबार) पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा […]
पूरा पढ्नुहोस्
उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडाैं ,फागुन २५ प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताउनु भयो । उहाँले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने […]
पूरा पढ्नुहोस्
नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान
काठमाडाैं ,फागुन २५ नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता […]
पूरा पढ्नुहोस्
३३ हजार ८०२ मत भार ल्याएर राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं ,फागुन २५ लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो पटकको कार्यकाल यही फागुन २८ गते सकिदैंछ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय […]
पूरा पढ्नुहोस्
सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं ,फागुन २५ सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक बिहीबार प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो । यसैगरी, खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद […]
पूरा पढ्नुहोस्




