समाचार
आज नेपाल र यूएई खेल्दै : यू-१९ क्रिकेट
काठमाडौँ ,फागुन १८ युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ११ बजेदेखि शुरु हुने छ । नेपाल र युएईले यस प्रतियोगितामा पछिल्ला चारै खेल जितेका छन्। आज नेपाल र युएईबीचको विजेता नै यू-१९ विश्वकपमा छनौट हुने छ। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ। प्रतियोगितामा […]
पूरा पढ्नुहोस्
आज आठ दलले संघीय सांसदलाई प्रशिक्षण दिने
काठमाडौं ,फागुन १८ राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई आज बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका […]
पूरा पढ्नुहोस्
तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने
काठमाडौं ,फागुन १८ इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । आईओसीले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो तर, नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ ।
पूरा पढ्नुहोस्
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं ,फागुन १८ आज बिहीबार कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा आज सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताउनुभयो । बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने : नेकपा एस
काठमाडौं ,फागुन १७ नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका […]
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन
काठमाडौं ,फागुन १७ दुवै ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन । कांग्रेसले गत पुस […]
पूरा पढ्नुहोस्आजबाट प्रि–मनसुन शुरु
काठमाडौं ,फागुन १७ आजबाट हिउँद सकिएर प्रि–मनसुन शुरु भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा छ। दिउँसो भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति गण्डकी, कर्णाली र […]
पूरा पढ्नुहोस्
आज केपी ओली कपको फाइनल खेल
काठमाडौं ,फागुन १७ केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल आज हुँदै छ। उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। नेकपा एमाले निकट […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि १८ वटा दलले गराए दर्ता [सूचीसहित] : चितवन निर्वाचन क्षेत्र-२
काठमाडौं ,फागुन १७ चितवनको निर्वाचन क्षेत्र-२ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो (मंगलबार) अन्तिम समयसम्म १८ दल दर्ता गरिएको हो। आयोगले उम्मेदवार मनोनयन दर्ताको समय चैत ३० गते तोकेको छ। हाल मतदाता नामावली अद्यावधिक भइरहेको र आयोगले उपचुनावका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्
रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने
चितवन, फागुन १६ रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका […]
पूरा पढ्नुहोस्




