समाचार
व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : जनमोर्चाका अध्यक्ष केसी
काठमाडाैं , फागुन १९ मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि […]
पूरा पढ्नुहोस्
दुई विधेयक प्रमाणिकरण : बागमती प्रदेश
काठमाडाैं , फागुन १९ बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले […]
पूरा पढ्नुहोस्
खुमलटार र फ्रेण्ड्सबिच आज खेल हुँदै : शहिद स्मारक ‘ए’ डिभिजन लिग (खेल तालिका सहित)
काठमाडौं ,फागुन १९ शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज शुक्रबारबाट सुरू हुँदैछ । आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । ‘ए’ डिभिजन क्लबहरुबीच हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन वटा […]
पूरा पढ्नुहोस्
आफूहरुले नयाँ विकल्प खोजिएको : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन १९ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस २६ गते प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्माले संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरुले नयाँ विकल्प खोजेको बताउनु भएको छ । बिहीवार ८ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमलाई संवोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो […]
पूरा पढ्नुहोस्
मर्यादित र सुरक्षित तरिकाले होली मनाउनूस् : जिल्ला प्रहरी परिसर
काठमाडौं ,फागुन १९ जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको […]
पूरा पढ्नुहोस्
नेपाली उत्पादनका जुत्ता चप्पल प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ सुरु
चितवन, फागुन १८ नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ हिजोदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन फुटवयर एक्स्पो’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् […]
पूरा पढ्नुहोस्
नेपाल यूएईसँग ६८ रनले पराजित : विश्वकप लिग–२
काठमाडौं ,फागुन १८ आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा बिहीबार भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याउन नसकेको नेपालले सुरुवातदेखि ब्याटिङमा खराबी प्रदर्शन गरेसँगै हार व्यहोर्नुपर्यो । घरेलु टोली यूएईसँग नेपाल ६८ रनले हार ब्यहोरेको छ। नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट […]
पूरा पढ्नुहोस्
पौडेललाई निर्वाचित गर्दा संविधान च्यात्ने जोखिम हुँदैन : सभापति देउवा
काठमाडौं ,फागुन १८ राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभएको छ । सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । संघीय सांसदलाई अभिमुखीकरण गर्न कांग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ : सांसद प्रदीप पौडेल
काठमाडौं ,फागुन १८ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत मागनका […]
पूरा पढ्नुहोस्
कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खटायो सातै प्रदेशमा केन्द्रीय नेता
काठमाडौं ,फागुन १८ नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो । केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुर र बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज […]
पूरा पढ्नुहोस्




