Saturday, October 10

समाचार

मतदाता नामावली आज प्रकाशन हुने : स्ववीयु निर्वाचन

काठमाडौं ,फागुन २१ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन गरिँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिने भएको हो। यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो। आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते […]

पूरा पढ्नुहोस्

खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने :निर्वाचन आयोग

काठमाडौं ,फागुन २१ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ। फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। त्यहाँ उपनिर्वाचन गर्नुपर्छ। चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ। […]

पूरा पढ्नुहोस्

सत्तारुढ दलका विद्यार्थीबीच स्ववियु निर्वाचनमा सहकार्य

काठमाडाैं , फागुन २० त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

भोलिदेखि चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ को तयारी पुरा

नवलपुर ,फागुन २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा आइतबारदेखि सुरु हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ को सम्पुर्ण तयारी पूरा भएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलिदेखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका […]

पूरा पढ्नुहोस्

हल्का वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं ,फागुन २० हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । देशका पहाडी भू–भागमा शनिबार हल्का पानी पर्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागका थोरै स्थनामा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक […]

पूरा पढ्नुहोस्

तीन खेल आज हुँदै : शहिद स्मारक ‘ए’ डिभिजन लिग

काठमाडौं ,फागुन २० आज शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा  तीन खेल हुँदैछन् । शुक्रबारबाट सुरू भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै खुमलटारले सुखद सुरुवात गरेको हो ।

पूरा पढ्नुहोस्

राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने : निर्वाचन आयोग

काठमाडौं ,फागुन २० निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ । दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौँ, फागुन २० राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा […]

पूरा पढ्नुहोस्

बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ,फागुन  १९ बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको हाे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयास भइरहेकाे छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढायो

काठमाडौं ,फागुन  १९ सरकारले  दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हाे । बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएकाे छ । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेपछि सरकारले मूल्य बढाएकाे हाे […]

पूरा पढ्नुहोस्