समाचार
कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग : शाह
प्रदिप परियार चितवन,माघ २७ मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला […]
पूरा पढ्नुहोस्
कसिलो मौद्रिक नीति आएको : प्रवक्ता भट्ट
काठमाडौं ,माघ २७ राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभएको छ । शुक्रबार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले व्यवस्था गरेका नीतिका विषयमा कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले […]
पूरा पढ्नुहोस्
रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको आदेश
काठमाडौं ,माघ २७ लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी आर्थिक वर्षमा पूर्ति हुने सिट निर्धारण गर्न परमादेश गरेको हो। अदालतको फैसलामा थारू समुदायको कुरा उठे […]
पूरा पढ्नुहोस्
प्रदर्शनीको सम्पूर्ण तयारी पूरा , आज उद्घाटन गरिने : पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी
चितवन ,माघ २७ चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा शुरु हुन गईरहेको पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज शुक्रबार माघ २७ गते बिहान ११ बजे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला कुमारी शाहबाट समुद्घाटन हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि […]
पूरा पढ्नुहोस्
नेपाल उपविजेतामा सीमित :साफ यू–२० महिला फुटबल
काठमाडौं ,माघ २७ साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका […]
पूरा पढ्नुहोस्
डीआईजी पदमा बढुवाका लागि सिफारिस
काठमाडाैं ,माघ २६ बढुवाका लागि सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा चारजनाको नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस […]
पूरा पढ्नुहोस्
चलचित्र क्षेत्रको विकास भएन : अध्यक्ष भुवन केसी
काठमाडौं ,माघ २६ सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा […]
पूरा पढ्नुहोस्
संघीय संसदको बैठकलाई राष्ट्रपतिले भोलि सम्बोधन गर्ने
काठमाडौँ ,माघ २६ भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुने […]
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडाैं ,माघ २६ संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी माघ २६ गते आज बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।
पूरा पढ्नुहोस्
आज हल्का हिमपातको सम्भावना
काठमाडौं ,माघ २६ आज बिहीबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमाआंशिक बदली रहेको महाशाखाले जनाएको छ।देशका पहाडी […]
पूरा पढ्नुहोस्




