Tuesday, October 13

राजनीति

धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन : प्रतिनिधिसभा बैठक

काठमाडौँ, जेठ ४ प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताउनुभयो । प्रस्तावको समर्थन सांसद महेश बर्तौला र सन्तोष परियाले गर्नुभएको थियो । प्रस्ताव […]

पूरा पढ्नुहोस्

आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा जवाफ दिने

काठमाडाैं, जेठ ४ प्रतिनिधिसभाको आज बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले विभिन्न विषयमा उठाएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिनु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र […]

पूरा पढ्नुहोस्

आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, जेठ ३ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको  हिजोको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्ने गरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं, जेठ २ संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बस्दैछ । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरु काम बिहिन भएका थिए । सबै समितिहरुको बैठक मंगलबार बिहान ९ बजे बस्नेछन् । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय […]

पूरा पढ्नुहोस्

आज पनि राप्रपाको केन्द्रीय समिति बैठक

काठमाडौं, जेठ २ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबार बिहान ८ बजे पुनः बस्दैछ। काठमाडौंको धूमबाराहीमा सोमबार शुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले मंगलबार पुनः बस्न लागेको हो। बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन।

पूरा पढ्नुहोस्

आज प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं, जेठ १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका बिषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, जेठ १ प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तोकिएको संसद् सचिवालयले जनाएको छ।

पूरा पढ्नुहोस्

राप्रपा केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं, जेठ १ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुदैँछ । धुम्बाराही, काठमाडौंमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ । आजबाट सुरु हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे […]

पूरा पढ्नुहोस्

शीर्ष नेता र प्रमुख सचेतकबीच सदनलाई प्रभावकारी बनाउनेबारे छलफल

काठमाडौं, बैशाख ३१ प्रमुख ३ दलका शीर्ष नेता र संसदीय दलका प्रमुख सचेतकहरु संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएकाे छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता र प्रमुख सचेतकहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा  छलफल भएकाे हाे । तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरुबीच सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी […]

पूरा पढ्नुहोस्

भोलिदेखि राप्रपाको केन्द्रीय समिति बैठक

काठमाडौँ, बैशाख ३१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धुम्बाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशासम्बन्धी […]

पूरा पढ्नुहोस्