Tuesday, October 13

राजनीति

नेकपा एमालेद्वारा संघीयताबारे पुनर्विचार गर्न नसकिने स्पष्ट

काठमाडौं, बैशाख ३१ नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नहुने बताएको छ । संघीय संरचना मुलुकले धान्न नसक्ने भन्दै केहि सदस्यहरुले त्यसको विकल्पका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयतामाथि पुनर्विचार हुन नसक्ने स्पष्ट पार्नुभयो । बैठकले शरणार्थी प्रकरण सहित भ्रष्टाचारका सवै […]

पूरा पढ्नुहोस्

बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय

काठमाडौं, बैशाख ३१ नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । हिजो शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हाे । सूचना पाएर पनि पार्टीको […]

पूरा पढ्नुहोस्

सिसडोल बञ्चरेडाँडाको विवाद समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, बैशाख ३० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन गर्न निर्देशन दिर्नुभएको छ । हिजो शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपत्यकाको फोहोरप्रभावित नुवाकोट सिसडोल बञ्चरे क्षेत्रको समस्या समाधानका सम्बन्धमा भएको छलफलमा बोल्दै प्रचण्डले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न निर्देशन दिर्नुभएको हो । […]

पूरा पढ्नुहोस्

आज एमाले स्थायी कमिटीको बैठक

काठमाडौं, बैशाख ३० नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार बस्दैछ। शुक्रबार नै बस्ने तय भएको बैठक शनिबारका लागि सारिएको हो। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ८ बजे बैठक बस्ने जानकारी दिनुभयो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ। केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा […]

पूरा पढ्नुहोस्

प्रतिवेदनमाथि समूहगत छलफल, स्थायी कमिटी पनि आजै : एमाले बैठक

काठमाडौं, बैशाख २९ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल गरिने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, चार आयोगका प्रतिवेदन र ५ प्रदेशका मिसन ग्रासरुट अभियानको समीक्षासम्बन्धी प्रतिवेदन पेस भएका छन्। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका […]

पूरा पढ्नुहोस्

दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन : कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, बैशाख २९ नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो […]

पूरा पढ्नुहोस्

स्थानीय तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

महोत्तरी, बैशाख २८ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो । बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, […]

पूरा पढ्नुहोस्

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरुलाई निर्देशन : निर्वाचन आयोग

काठमाडौं, बैशाख २८ निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो । आयोगले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने दललाई पेस […]

पूरा पढ्नुहोस्

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडाैं, बैशाख २८ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने […]

पूरा पढ्नुहोस्

आज पनि कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

काठमाडौं, बैशाख २८ नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएकाे छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएकाे हाे। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्वपदाधिकारीसहितको बैठक बोलाएको हो।

पूरा पढ्नुहोस्