राजनीति
प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने: अध्यक्ष घिमिरे
काठमाडौं, बैशाख २० प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनले तेस्रो दिन पनि बिरोध प्रदर्शन गरेको छ । बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दवाव दिंदै हिजो मंगलबार पनि बिरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अविलम्व प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो […]
पूरा पढ्नुहोस्
स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, बैशाख २० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री चौधरीलाई विश्वासको मत प्राप्त
लुम्बिनी, बैशाख १९ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो । नेपालको […]
पूरा पढ्नुहोस्
आज उपेन्द्र यादवले शपथ लिने
काठमाडौं, बैशाख १९ उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ । वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो । सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिलाई गगन थापाको आग्रह – उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्
काठमाडौं, बैशाख १९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताउनुभएको छ । हिजो सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताउनुभएको हो । भारतबाट उपचार गरेर आईतवार स्वदेश फर्किनुभएका राष्ट्रपति […]
पूरा पढ्नुहोस्
प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल
चितवन, बैशाख १८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ […]
पूरा पढ्नुहोस्
मजदुर आन्दोलनको गौरवशाली इतिहास एमालेसँग छ : अध्यक्ष ओली
काठमाडौं, बैशाख १८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताउनुभएको छ । औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्यागिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा उल्लेख गर्नुभएको […]
पूरा पढ्नुहोस्
मजदुरका हकहित सम्बर्द्धनमा कांग्रेस सदैव लागिरहने छ: सभापति देउवा
काठमाडौँ, बैशाख १८ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ । मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गर्नुभएको छ […]
पूरा पढ्नुहोस्
चुनावी नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा
सुदूरपश्चिम, बैशाख १७ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले गत शुक्रबार धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो […]
पूरा पढ्नुहोस्
गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि खतरामा पर्छन् : गृहमन्त्री श्रेष्ठ
सर्लाही, बैशाख १७ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ । सर्लाहीका प्रथम सहिद इन्द्र कोइरालाका परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले अहिले पनि दलित लगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको […]
पूरा पढ्नुहोस्




