Monday, October 12

राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, बैशाख २३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । मुलुकको पछिल्लो समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता […]

पूरा पढ्नुहोस्

संघीय संसदको बजेट अधिवेशन भोलिदेखि

काठमाडौं, बैशाख २३ संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनीत

काठमाडौं, बैशाख २३ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो । कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठनुभएका रिजाल पराजित हुनुभएको थियो ।

पूरा पढ्नुहोस्

सरकारमा नजाने‚ समर्थन फिर्ता लिने : रास्वपा बैठकको निर्णय

काठमाडौं, बैशाख २३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो शुक्रबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो । उहाँले संयुक्त बैठकबाट यो […]

पूरा पढ्नुहोस्

यही बैशाख २६ गते एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख २२ नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो। बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही बैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ ।

पूरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ, बैशाख २२ नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । बैठक अपरान्ह बस्नेछ । गत बुधबार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त

काठमाडौँ, बैशाख २१ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

काठमाडौं, बैशाख २१ प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेताद्वयबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा संवैधानिक परिषद् बैठकलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा असन्तुष्टि जनाउँदै बजेट कटौती नगर्न […]

पूरा पढ्नुहोस्

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री शर्मा

काठमाडौं, बैशाख २१ सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताउनुभयो । उहाँले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धन बैठकमा बजेटका विषयमा छलफल

काठमाडौं, बैशाख २१ सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा संसद् अधिवेशनमा बजेट, बजेट पूर्वको छलफल र पूर्व तयारीका विषय छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । राष्ट्रपति राम‍चन्द्र पौडेलले यही वैशाख २४ गतेका […]

पूरा पढ्नुहोस्