राजनीति
तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै : निर्वाचन आयोग
काठमाडौं, बैशाख १० प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौं, बैशाख ९ निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका […]
पूरा पढ्नुहोस्
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री दाहाल
काठमाडाैं, बैशाख ८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताउनुभयो । “हाम्रो संविधानले निजी क्षेत्रलाई […]
पूरा पढ्नुहोस्
आइतबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा
काठमाडाैं, बैशाख ८ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ । बारा जिल्ला क्षेत्र नं २, चितवन […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
काठमाडौं, बैशाख ८ निर्वाचन आयोगले आसन्न उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ । तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा […]
पूरा पढ्नुहोस्
कर्णालीमा काँग्रेसको प्रमुख सचेतकमा विष्ट
कर्णाली, बैशाख ८ नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई […]
पूरा पढ्नुहोस्
आज रातिबाट नेपाल-भारत सीमा नाका बन्द हुने
काठमाडाैं, बैशाख ८ यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी […]
पूरा पढ्नुहोस्
आज मध्यरातदेखि ‘मौन अवधि’ : निर्वाचन आयोग
काठमाडौं, बैशाख ७ यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ। वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज रुस जाँदै
काठमाडौं, बैशाख ६ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस जाँदै हुनुहुन्छ । उहाँ ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस प्रस्थान गर्न लाग्नुभएको हो । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो ।
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री खड्कालाई कानुन मन्त्रालयको कार्यभार
काठमाडौँ, बैशाख ६ राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्




