Sunday, October 11

राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रमकाे पुरा विवरण

काठमाडौँ, चैत्र २४ सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लगायत १० दलको सहभागितामा नयाँ गठबन्धन बनेपछि निर्माण भएको नयाँ सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सरकारको […]

पूरा पढ्नुहोस्

शुक्रबारदेखि उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने

काठमाडौं, चैत्र २३ वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगका अनुसार आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ। आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेसमेत आयोगले जनाएको छ। यस्तै निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग सही ढंगले प्रयोग गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा […]

पूरा पढ्नुहोस्

दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, चैत्र २३ आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक  दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ। साथै दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरुको नाम मनोनयन […]

पूरा पढ्नुहोस्

पछाडि परेका वर्गलाई प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न सक्दैन : अध्यक्ष ओली

वीरगंज, चैत्र २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछाडि परेका वर्ग, समुदाय र जनजातिलाई शिक्षा, रोजगारको क्षेत्रमा प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न नसक्ने कुरामा जोड दिनुभएको छ । अखिल नेपाल पिछडा वर्ग महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनको हिजो वीरगंजमा उद्घाटन गर्नु हुँदै अध्यक्ष ओलीले भौगोलिक विविधताले भरिपूर्णमुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकले भरिपूर्ण रहेको बताउनुभयो […]

पूरा पढ्नुहोस्

विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने : अध्यक्ष नेपाल

काठमाडौं, चैत्र २३ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ । पार्टी केन्द्रीय प्रचार विभागद्वारा आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्र, राष्ट्रियता, संविधान र […]

पूरा पढ्नुहोस्

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै : निर्वाचन आयोग

काठमाडौं, चैत्र २३ निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दैछ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली लगत्तै […]

पूरा पढ्नुहोस्

एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

काठमाडौं, चैत्र २३ गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो । त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान […]

पूरा पढ्नुहोस्

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली

वीरगञ्ज, चैत्र २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो । ‘राष्ट्रिय गानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ’, पूर्वप्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

भोलि सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं, चैत्र २२ सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोलि बिहीबार सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

काठमाडौं, चैत्र २२ सत्ता गठबन्धनका दलहरूले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन दलका शीर्ष नेताहरूले एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापक रूपमा परिचालन गर्न […]

पूरा पढ्नुहोस्