Sunday, October 11

राजनीति

रवि लामिछानेको राहदानी प्रकरणको सुनवाइ आज हुने संभावना

काठमाडौं, चैत्र २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई हुने संभावना छ । मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो । न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा […]

पूरा पढ्नुहोस्

छाड्यो एमालेले मधेश प्रदेश सरकार

जनकपुरधाम, चैत्र २२ केन्द्रमा सत्ता समीकरण बदलिएसँगै नेकपा एमालेले मधेश प्रदेश सरकार पनि छाडेको छ। एमालेका मन्त्रीहरूले मंगलबार संयुक्त रुपमा दिएका राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा एमालेका ४ मन्त्री र १ राज्यमन्त्रीसहित ५ जना सहभागी थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन […]

पूरा पढ्नुहोस्

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने : निर्वाचन आयोग

काठमाडौं, चैत्र २१ निर्वाचन आयोगले उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ। उपचुनावका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो। तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये दलको तर्फबाट ३३ जना र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। ती उम्मेदवारविरुद्ध उजुरी […]

पूरा पढ्नुहोस्

पित्तृसत्तात्मक सोचले महिला पछि परे : मन्त्री शर्मा

काठमाडौं, चैत्र २१ संविधानमै व्यवस्था नभएसम्म महिलाले सहज रुपमा अधिकार नपाउने अवस्था रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  बताउनुभयो । सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले बाध्यात्मक व्यवस्था भएपनि राज्यका कलिपय निकायमा महिलाको सहभागीता संविधानले तोकअनुसार पनि नभएको उल्लेख गर्नुभयो । उहाँले पित्तृसत्तात्मक सोचका कारण महिला पछि परेको दाबी गर्नुभयो […]

पूरा पढ्नुहोस्

गठबन्धनका साझा उम्मेदवारलाई सघाउने नेकपा एसको निर्णय

काठमाडौं, चैत्र २० आगामी बैैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले  सत्ता गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१ मा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको हो । यी तीनै क्षेत्रमा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार छैनन् । सत्ता गठबन्धनबाट बारा–२ […]

पूरा पढ्नुहोस्

पर्यवेक्षक संस्थालाई उपनिर्वाचनका लागि आह्वान

काठमाडौं, चैत्र २० निर्वाचन आयोगले आगामी बैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा […]

पूरा पढ्नुहोस्

रिक्त क्षेत्रको लागि आज मनोनयन दर्ता गरिंदै : निर्वाचन आयोग

काठमाडौं, चैत्र २० आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका रिक्त क्षेत्रको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुने भएकाे छ । चितवन-२, तनहुँ-१ र बारा-२ मा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएकाे हाे। निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको […]

पूरा पढ्नुहोस्

मनोनयन दर्ता गर्दा उम्मेदवार र दलले पालना गर्नुपर्ने निर्देशन : निर्वाचन आयोग (विज्ञप्ति सहित)

काठमाडौं, चैत्र १९ निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ। उपनिर्वाचनका लागि तनहुँ १, चितवन २ र बारा २ मा भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ताको समय आयोगले तोकेको छ। यसैसम्बन्धमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभा नियमावली २०७९ पारित

काठमाडौं, चैत्र १९ प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए । […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, चैत्र १९ आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे  बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ । बारा–२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा बैठकले निर्णय लिनेछ । यसअघि, कांग्रेसले तनुहँ–१ […]

पूरा पढ्नुहोस्