राजनीति
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं ,फागुन १८ आज बिहीबार कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा आज सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताउनुभयो । बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।
पूरा पढ्नुहोस्
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने : नेकपा एस
काठमाडौं ,फागुन १७ नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका […]
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन
काठमाडौं ,फागुन १७ दुवै ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन । कांग्रेसले गत पुस […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधि सभा बैठक दिउँसो बस्दै
काठमाडौं ,फागुन १७ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने छ । यस्तै, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि १८ वटा दलले गराए दर्ता [सूचीसहित] : चितवन निर्वाचन क्षेत्र-२
काठमाडौं ,फागुन १७ चितवनको निर्वाचन क्षेत्र-२ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो (मंगलबार) अन्तिम समयसम्म १८ दल दर्ता गरिएको हो। आयोगले उम्मेदवार मनोनयन दर्ताको समय चैत ३० गते तोकेको छ। हाल मतदाता नामावली अद्यावधिक भइरहेको र आयोगले उपचुनावका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]
पूरा पढ्नुहोस्
थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई
काठमाडौं ,फागुन १६ थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने […]
पूरा पढ्नुहोस्
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू : निर्वाचन आयोग
काठमाडौं ,फागुन १६ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले भोलि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले […]
पूरा पढ्नुहोस्
उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली आज प्रकाशित हुने : राष्ट्रपति निर्वाचन
काठमाडौं ,फागुन १६ राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन आयोगले आज मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र […]
पूरा पढ्नुहोस्
मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी : चितवन–२ उपनिर्वाचन
काठमाडौं ,फागुन १५ आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि […]
पूरा पढ्नुहोस्
जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशन गर्दै सरकार
काठमाडौं ,फागुन १५ सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते ६ हजार ३४४ जनालाई शहीद घोषणा गरेको भए पनि राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन। अहिले त्यसैलाई […]
पूरा पढ्नुहोस्




