Saturday, October 10

राजनीति

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

काठमाडौं , फागुन ३ आज लुम्बिनी प्रदेश सरकारले  स्थापना दिवस मनाउँदैछ। लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो। कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने छ ।  स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौं ,फागुन ३ आज (बुधबार) संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक  बस्दैछ । बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले […]

पूरा पढ्नुहोस्

राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्छ : झलनाथ खनाल

काठमाडौं ,फागुन २ राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्ने नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  बताउनुभएको छ । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र भावना अनुरुप योग्य व्यक्तित्वलाई पदमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सहमतिका लागि सबै पार्टीलाई राम्रोसँग समन्वय गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो । खनालले राजनीतिक […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं ,फागुन २ आज मंगलबार राष्ट्रिय सभाको बैठक  बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे  हाे । बैठकमा विभिन्न प्रतिवेदन, बाधा अड्काउ फुकाउ आदेश र शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

पूरा पढ्नुहोस्

अनेरास्ववियुको २३औँ महाधिवेशन आजबाट सुरु

काठमाडौं ,फागुन २ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुने भएको छ। आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गनुहुने छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व […]

पूरा पढ्नुहोस्

तत्काल सरकारमा नजाने निर्णय : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं ,फागुन १ तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  निर्णय गरेको छ । आज सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा […]

पूरा पढ्नुहोस्

झुटको खेती र भ्रष्टाचार गर्न मन्त्री भएको होइनः मन्त्री पाण्डे

चितवन , फागुन १ सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग झुटको खेती र भ्रष्टाचार गर्न आफू मन्त्री नभएको बताउनुभएको छ । हिजो भरतपुर महानगरपालिका १७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफ्नो कार्यकालमा कुनै अनियमितताका काम नहुने बताउनुभयो । मन्त्री पाण्डेले आफूलाई चाहाना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका […]

पूरा पढ्नुहोस्

कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं ,फागुन १ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले […]

पूरा पढ्नुहोस्

आगामी वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने

चितवन ,माघ २९ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री पौडेल

काठमाडौं  , माघ २९ अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बताउनुभएको छ  । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उहाँले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले बजेट […]

पूरा पढ्नुहोस्