Friday, October 9

राजनीति

निर्वाचित सांसदलाई बधाई दिन एमालेले विशेष कार्यक्रम आयाेजना गर्ने

काठमाडौं, पुस १  नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा जलपान आयोजना गर्ने

काठमाडौं , पुस १ आगामी पुस ४ गते निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा  जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, […]

पूरा पढ्नुहोस्

सर्वोच्च अदालतद्वारा अध्यादेशविरुद्धको रिट दरपीठ

काठमाडौं , पुस १ सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ। अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको भन्दै दरपीठ […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ,मंसिर २९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन […]

पूरा पढ्नुहोस्

निर्वाचन नतिजा प्रकाशन: प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने

काठमाडौँ, मंसिर २८ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा निवार्चन आयोगले प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ । आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो । नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगले परिणाम आज सार्वजनिक गर्दै

काठमाडौं ,मंसिर २८ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रतिनिधि सभा र प्रदेश […]

पूरा पढ्नुहोस्

समानुपातिक सांसदहरूको सूची सार्वजनिक हुँदै : निर्वाचन आयोग

काठमाडौं, मंसिर २७  निर्वाचन आयोगले राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको  सोमबार छानबिन गरेको छ । आयोगले आइतबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन  पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएको हो । दलहरूले […]

पूरा पढ्नुहोस्

आज प्रदेश सांसद जोशीसहितको टोली डेलिगेशनमा

चितवन, मंसिर २६ नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित वागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन गएको छ । वर्षौंदेखि अलपत्र उक्त सडकको काम तत्काल सम्पन्न गर्न माग गर्दै जोशीको नेतृत्वमा स्थानीय टोल सुधार, उपभोक्त समितिसहितको टोली आज (सोमबार) सघन शहरी तथा भवन निर्माण आयोजना […]

पूरा पढ्नुहोस्

आजदेखि हट्दै निर्वाचन आचारसंहिता : निर्वाचन आयोग

काठमाडौं,मंसिर २६ निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ। आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ​नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताउनु भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता […]

पूरा पढ्नुहोस्

समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन दलहरूलाई पत्राचार

काठमाडौँ, मंसिर २५ निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ । प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय […]

पूरा पढ्नुहोस्