Friday, October 9

राजनीति

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं ,पुस १३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनु भएको छ । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताउनु […]

पूरा पढ्नुहोस्

कांग्रेसको केन्द्रीय समिति बैठक पुस २२ गते बस्दै

काठमाडौं , पुस १२ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावी समीक्षा तथा समसामयिक राजनीतिबारे छलफल गर्न का‌ग्रेसले पुस २२ गते शुक्रबार बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर […]

पूरा पढ्नुहोस्

विष्णु पौडेल सरकारको प्रवक्तामा

काठमाडौं ,पुस १२ सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएको छ । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।

पूरा पढ्नुहोस्

पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा-२०७९’ जारी गर्दै साधारणसभा सम्पन्न

काठमाडौं , पुस ९ नेपाल पत्रकार महासंघको साधारणसभा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको साधारणसभा आज शनिबार सकिएको हो। साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले जानकारी दिनु भएको हो । महासंघले जारी गरेको सुर्खेत घोषणापत्रमा पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग […]

पूरा पढ्नुहोस्

संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं , पुस ७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चयन हुनु भएको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आउनु […]

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं, पुस ६ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ  । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित  हुनु भएको हो  । नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाउनु भएको हो । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश […]

पूरा पढ्नुहोस्

कांग्रेसमा आज संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता

काठमाडौं ,पुस ५ नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुनेछ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो। आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन परिचालन संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिनुभएको हो । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको […]

पूरा पढ्नुहोस्

रवि लामेछाने रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौं , पुस ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ । आज बिहान बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी गराउनु भएको हो । केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले […]

पूरा पढ्नुहोस्

कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं ,पुस ३ आज नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको  बैठक अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नु भएको छ । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने जनाईएको छ । आजको […]

पूरा पढ्नुहोस्

प्रदेशसभा निर्वाचन प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने

काठमाडौं ,पुस २ निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिनु भयो । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर […]

पूरा पढ्नुहोस्