Saturday, October 10

राजनीति

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

काठमाडौँ, असार १९ सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । गएराती १२ बजेपछि सुनाइएको आदेशमा पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए । सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ, असार १९  आज प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।  त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ, असार १८ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ । बुधबार राष्ट्रिय सभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको […]

पूरा पढ्नुहोस्

संघीय संसदका पाँच समितिको बैठक बस्दै

काठमाडौँ, असार १८ आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाका पूर्वाधार विकास समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज अपराहन्न २ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रले माग्यो रामहरी खतिवडाको राजिनामा

काठमाडौँ, असार १८ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाको राजिनामा माग गरेको छ । सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा बिधेयक प्रतिनिधिसभावाट पारित गराएको रहस्योदघाटन भए पछि माओवादी केन्द्रले सभापति खतिवडाको राजिनामा माग गरेको हो । सभामुख देवराज घिमिरेसँग छलफल पछि बाहिरिएका माओवादी सांसद […]

पूरा पढ्नुहोस्

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

काठमाडौं, असार १७ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पूर्वपुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा भन्सार बिधेयकका बारेमा छलफल हुने

काठमाडौं, असार १७  संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।

पूरा पढ्नुहोस्

राष्ट्रियसभा बैठक बस्दैँ

काठमाडौं, असार १७  राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज अपरान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, असार १७  नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । हिजाे देखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएकाे छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका […]

पूरा पढ्नुहोस्

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

काठमाडौं, असार १६ संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा […]

पूरा पढ्नुहोस्