Saturday, October 10

राजनीति

गृह मन्त्रालयद्वारा गुनासो सुनुवाई कक्ष स्थापना

काठमाडौं, मंसिर १३  गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली

काठमाडौं, मंसिर १३  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। यो भ्रमणका लागि ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। भ्रमणको तयारीलाई अन्तिम रूप […]

पूरा पढ्नुहोस्

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं, मंसिर १३  यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको होर ‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने […]

पूरा पढ्नुहोस्

बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री

काठमाडौ, मंसिर १०  प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्। आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट […]

पूरा पढ्नुहोस्

चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, मंसिर ९  प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक-स्नातकोत्तर तह (पिजी)को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]

पूरा पढ्नुहोस्

रवि लामिछाने थप १५ दिन हिरासतमा

पोखरा, मंसिर ९  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।

पूरा पढ्नुहोस्

नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं, मंसिर ८ उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। ‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी […]

पूरा पढ्नुहोस्

स्थानीय तह उपनिर्वाचन : मतपत्र छपाइको काम आज सकिँदै

काठमाडौं, मंसिर ८ स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम शनिबारसम्म पूरा हुने भएको छ । छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा मतपत्र पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाउने आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। मतपत्र छपाइ हुने क्रम जारी रहेको भन्दै उनले बाँकी ठाउँमा पठाउने क्रम पनि केही दिनमा सकिने बताइन्। […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ, मंसिर ५ स्थानीय तह उपनिर्वाचनअन्तर्गत बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ। आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौँ, मंसिर ३ मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ । आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि […]

पूरा पढ्नुहोस्