राजनीति
उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु
काठमाडौँ, मंसिर २ मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता, २०७९ […]
पूरा पढ्नुहोस्
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ, कार्तिक ३० आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता […]
पूरा पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरै गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ, कार्तिक ३० प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने कुरै सरकारले नगरेको दावी गरेका छन्। बिहीवार काठमाडौँमा एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। सरकार वा कांग्रेस अथवा एमाले कसैले पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने नभनेको उनले बताए। ‘संविधान संशोधन गर्ने भनेको हो। अहिले सरकारले कसैले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँछु भनेर भनेको […]
पूरा पढ्नुहोस्
जसपा नेपाल बागमती प्रदेशअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन
काठमाडौँ, कार्तिक २७ जनता समाजवादी पार्टी (जसपा) नेपालको बागमती प्रदेश समितिअन्तर्गतका तीनवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा काठमाण्डौको तार्केश्वर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका रहेका छन् । पालिकास्तरीय भेलाको आयोजना गरी गोकुल ठकुरीको अध्यक्षतामा तार्केश्वर नगर समिति पुनर्गठन भएको छ । त्यसैगरी पालिकामा आयोजित पुनर्गठन भेलाबाट सत्यराज […]
पूरा पढ्नुहोस्
समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कांग्रेसले कमजोर बनाउँदैन
काठमाडौँ, कार्तिक २६ नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउन नहुने बताएका छन्। नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले संविधान संशोधन गर्दा सत्ता गठबन्धनले प्रतिनिधित्वको विषयलाई कमजोर बनाउन लागेको भनेर विपक्षी दलहरूले हल्ला चलाएको […]
पूरा पढ्नुहोस्
कांग्रेस सभापति देउवाले भने- अहिलेको गठबन्धन २०८४ सम्मै जान्छ
काठमाडौँ, कार्तिक २५ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन्। धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे। सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती […]
पूरा पढ्नुहोस्
सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज ११०औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, कार्तिक २४ प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौँ, कार्तिक २२ प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै […]
पूरा पढ्नुहोस्
राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई
काठमाडौँ, कार्तिक २२ राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा बधाई दिदै राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सफलताको शुभकामना दिदै ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् । ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका […]
पूरा पढ्नुहोस्
आन्दोलनमा उत्रिएका रास्वपाका सांसदसहित १७ जना पक्राउ
काठमाडौँ, कार्तिक १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनीहरूलाई पक्राउ गरिएको हो । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए । त्यस क्रममा सांसद अशोक चौधरीसहित १७ जनालाई पक्राउ गरिएको हो । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी […]
पूरा पढ्नुहोस्




