Tuesday, October 13

राजनीति

कांग्रेस चितवनको फरक र नौलो अभ्यास दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना

चितवन, जेठ ११ नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक  कार्यक्रम सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्

एमाले चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन, जेठ ११ नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । विहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटनले गर्ने जानकारी दिएको छ । जेठ १४ गते सम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व सहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष […]

पूरा पढ्नुहोस्

गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय: प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

काठमाडौँ, जेठ ९ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेगरी केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश […]

पूरा पढ्नुहोस्

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गरिने

काठमाडौँ, जेठ ८ बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरू बीचमा सहमति भएको बताउनुभयो । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा […]

पूरा पढ्नुहोस्

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, जेठ ८ संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, जेठ ७ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिनुहुँदै

काठमाडौँ, जेठ ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था […]

पूरा पढ्नुहोस्

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : कांग्रेस नेता डा. कोइराला

नवलपरासी, जेठ ६ नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा  गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी […]

पूरा पढ्नुहोस्

बागमतीमा विषयगत समितिको सभापति चयन आज गरिँदै

काठमाडौँ, जेठ ५ बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्माणार्थ प्रस्तुत गरिने भएको छ । विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम […]

पूरा पढ्नुहोस्