राजनीति
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज आउदै
विराटनगर, जेठ २१ कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ […]
पूरा पढ्नुहोस्
बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल
काठमाडौँ, जेठ २० पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, उहाँले […]
पूरा पढ्नुहोस्
भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत
काठमाडौँ, जेठ २० भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ । अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् […]
पूरा पढ्नुहोस्
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने
काठमाडौँ, जेठ २० सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी […]
पूरा पढ्नुहोस्
प्रचण्डको ब्रिफिङ- नेपाल बुढानिलकण्ठ गएको विषय सहज रुपमा लिनु, सत्ता समीकरणमा समस्या छैन
काठमाडौँ, जेठ १९ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभयो । बैठकमा उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, जेठ १५ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।
पूरा पढ्नुहोस्
आज कोशी प्रदेश सभामा विनियोजन विधेयकमाथि छलफल हुदैँ
काठमाडौँ, जेठ १४ कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
दुवै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची
काठमाडौँ, जेठ १३ सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि डाकिएको छ। दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ। नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद […]
पूरा पढ्नुहोस्
सञ्चार क्षेत्र संविधानको पालनाका लागि अगुवा बन्नुपर्छ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, जेठ १२ पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उहाँले उद्घाटन गर्दै लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने उल्लेख गनुभयो । पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
समाज समय सापेक्ष हुनुपर्छ : पूर्वअध्यक्ष खिलराज रेग्मी
काठमाडौँ, जेठ १२ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताउनुभएको छ । दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खिलराज रेग्मीले यस्तो बताउनुभएको हो । खिलराज रेग्मीले साहित्य समाजको ऐना भएको बताउनुभयो । उहाँले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताउनुभयो । उहाँले […]
पूरा पढ्नुहोस्




