Tuesday, October 13

राजनीति

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकजुट

काठमाडौँ, जेठ ५ सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । बैठकमा काँग्रेसका साथै लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौँ, जेठ ५ प्रतिनिधिसभाको बैठक हिजो बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ, जेठ ४  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सभामुखले जबरजस्ती बैठक सञ्‍चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्‌को अवरोध जारी राख्ने बताएको छ ।

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, जेठ ४  नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे बस्न लागेकाे हाे ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, जेठ ३ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएकाले बैठक बोलाइए पनि संसद् चल्छ वा चल्दैन अनिश्चित छ । संसद्को अवरोध खोल्ने विषयमा पटक-पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।

पूरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने

काठमाडौँ, जेठ २ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताउनुभएको हो । गृहमन्त्री लामिछानेले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रम : एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने

काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने नीति लिएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी गराउर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने जनाइएको छ । […]

पूरा पढ्नुहोस्

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ, जेठ १ सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत […]

पूरा पढ्नुहोस्

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ, जेठ १ नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक स्थगित गरि आज बिहान ८ बजेका लागि सारिएको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने काँग्रेसको मागलाई सत्तारुढ पक्षले असम्भव भनेकाले काँग्रेसले आजको बैठकबाट थप रणनीति बनाउने प्रयासमा छ ।

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ, वैशाख ३१ नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आज स्थगित भएको संसदीय दल कार्यसमितिको बैठक जेठ १ गते बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ । बैठक सिंहदरबारस्थित संसदीय […]

पूरा पढ्नुहोस्