राजनीति
आज मध्यरातबाट मौन अवधि सुरु हुँदै
काठमाडौँ, वैशाख १२ इलाम–२ र बझाङ–१ (क) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि शुरु हुँदैछ। मतदान हुने ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक […]
पूरा पढ्नुहोस्
दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
काठमाडौँ, वैशाख १२ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी कतारका राजा शेख तमिम विन हमाद अल थानी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
आज १८ औं लोकतन्त्र दिवस देशभर मनाइँदै
काठमाडौँ, वैशाख ११ आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६२÷०६३ सालमा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान स्वरुप लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले […]
पूरा पढ्नुहोस्
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १० देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम […]
पूरा पढ्नुहोस्
आज पनि एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक
काठमाडौँ, वैशाख ९ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । उक्त परिषद बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी रहनेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी भएको एमालेले जनाएको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक […]
पूरा पढ्नुहोस्
आजदेखि एमालेको प्रतिनिधि परिषद् बैठक सुरु
काठमाडौँ, वैशाख ८ नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । बैठकमा […]
पूरा पढ्नुहोस्
नेकपा एसको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते हुने
काठमाडौँ, वैशाख ७ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ । पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश सभाको बैठक भोलिका लागि आह्वान
काठमाडौँ, वैशाख ६ गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ७ गते शुक्रवार दिनको ३ बजेदेखि आरम्भ हुने गरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
पूरा पढ्नुहोस्
नेकपा एमालेले पार्टीको स्थापना दिवसमा विशेष समारोह गर्ने
काठमाडौँ, वैशाख ३ नेकपा एमाले केन्द्रीय सचिवालयको बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकका एजेन्डाहरू लगायतका विषयहरूमा छलफल भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसेको बैठकबारे जानकारी दिनुहुँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक प्रगति र यसको दिशा, सत्ता समीकरण साथै यही वैशाख ८ र ९ गने हुने महाधिवेशन […]
पूरा पढ्नुहोस्
कांग्रेस सबै राजनीतिक दलहरुको साझा अभिभावक : सहमहामन्त्री परियार
चितवन, वैशाख २ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाली कांग्रेस राजनीतिक दलहरुको साझा अभिभावक भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा गरेको नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा सहमहामन्त्री परियारले कांग्रेसको अभिभावकीय आड र भरोसाको अपेक्षा अन्य सबै राजनीति दलहरुले खोजिरहेको बताउनुभयो । उहाँले देशमा जति पनि राजनीतिक […]
पूरा पढ्नुहोस्




