Tuesday, October 13

राजनीति

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ, वैशाख २ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ।

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

काठमाडौँ, वैशाख १ नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

पूरा पढ्नुहोस्

माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको ‘निषेधित क्षेत्र’ हटाइयो

काठमाडौँ, वैशाख १ माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो ।

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता

काठमाडौं, चैत ३०  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं, चैत ३०  राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, चैत २९ राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

काठमाडौं, चैत २८ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभएको छ । केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिनु भएको थियो ।

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, चैत २१ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत २० संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । आज बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, चैत २० नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो । सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिनुभयो।

पूरा पढ्नुहोस्