राजनीति
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, चैत १८ प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै
काठमाडौँ, चैत १६ संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ। यस्तै उहाँले राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामासम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउनुहुने छ। बैठकमा संघीयता सबलीकरण तथा […]
पूरा पढ्नुहोस्
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, चैत १४ संघीय संसद् अन्तरर्गत दुई समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् सचिवालयको समितिका कक्षमा बस्नेछन् ।
पूरा पढ्नुहोस्
होली पर्वका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
काठमाडौँ, चैत ११ राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताउनु भएको छ । यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास […]
पूरा पढ्नुहोस्
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौँ, चैत ११ नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ । बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।
पूरा पढ्नुहोस्
साझा सङ्कल्प: क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गरिने
काठमाडौँ, चैत ७ सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ । त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका […]
पूरा पढ्नुहोस्
राष्ट्रिय महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन
काठमाडौँ, चैत ६ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको छ । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिनुभएको हो । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौँ, चैत २ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो । सो बैठक केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।
पूरा पढ्नुहोस्
अब अर्को कुनै सरकार बनाउने कोसिस हुँदैन : नेता योगेश भट्टराई
काठमाडौँ, चैत १ नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताउनुभएको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताउनुभयो । ‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ, चैत १ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:०० बजे बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती […]
पूरा पढ्नुहोस्




