राजनीति
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
काठमाडौँ, फागुन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा
काठमाडौँ, फागुन २९ राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभामा माओवादीसँग एक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
काठमाडौँ, फागुन २८ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको हो । साथै कांग्रेसले फागुन ३० को प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन […]
पूरा पढ्नुहोस्
अल्पमतमा परेको सरकारलाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह
काठमाडौँ, फागुन २८ नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले यो निर्णय गरेको जानकारी दिर्नु भयो । ‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराएका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिनुहुने
काठमाडौँ, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिनुहुनेभएको छ । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । नेकपा माओवादी […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, फागुन २४ नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ। एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ।
पूरा पढ्नुहोस्
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण आज हुँदै
काठमाडौँ, फागुन २१ आज राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुँदैछ । सोमबार बिहान ११.३० बजे संसद भवनको ल्होत्से हलमा शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि फागुन २० गते आइतबार सकिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री दाहाल
चितवन, फागुन १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौँ, फागुन १७ आज बिहीबार राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० […]
पूरा पढ्नुहोस्
आज संघीय संसद्का ८ समितिका बैठक एकैपटक बस्दै
काठमाडौँ, फागुन १५ संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैछन् । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । जसअनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आजै सार्वजनिक लेखा समिति दिगो विकास […]
पूरा पढ्नुहोस्




