राजनीति
कोशी प्रदेशमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
काठमाडौं, भाद्र २३ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर […]
पूरा पढ्नुहोस्
संसदीय समितिले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्ने
काठमाडौं, भाद्र २३ प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ । हिजो शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो । कार्यदल भने समितिको आगामी बैठकमा […]
पूरा पढ्नुहोस्
प्रमुख प्रशासकीय अधिकृत खनाललाई गैँडाकोट नगरपालिकाद्धारा स्वागत
गैँडाकोट, भाद्र २१ पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिकाबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई आज विहिबार एक कार्यक्रमका विच नगरपालिकाले स्वागत गरेको हो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले प्रमुख प्रशासकीय अधिकृत खनाललाई माला, टोपी […]
पूरा पढ्नुहोस्
आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं, भाद्र २१ प्रतिनिधि सभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका गतिविधिबारे सांसदहरुका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने […]
पूरा पढ्नुहोस्
कांग्रेस आफ्नै प्रवृतिले कमजोर : केन्द्रीय सदस्य केसी
चितवन, भाद्र २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सह-महामन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसका कार्यकर्ता बाँस जस्तो हुनुपर्ने बताउनुभएको छ । केही नेता कार्यकर्ताहरुमा मन मुटाव रहेको कुरालाई इङ्गित गर्दै उहाँले जति माथि पुग्यो उति निहुरिनु पर्ने बताउनुभएको हो । एकतामा जोड दिँदै उहाँले भन्नुभयो, `हामी दुस्मन होइनौं प्रतिस्पर्धी हौँ । त्यसैले हामीमा झुक्ने […]
पूरा पढ्नुहोस्
आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौ, भाद्र १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।
पूरा पढ्नुहोस्
भव्यतापूर्वक संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
काठमाडौँ, भाद्र १८ नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। हिजो आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने […]
पूरा पढ्नुहोस्
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं, भाद्र १८ संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको छ। बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, […]
पूरा पढ्नुहोस्
हेलो सरकार आजदेखि २४ सै घण्टा सञ्चालनमा
काठमाडौं, भाद्र १७ सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गर्नुभएको हो। हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो। हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ।
पूरा पढ्नुहोस्
नेपाली काँग्रेसले गर्यो १५ विभाग प्रमुख चयन, कुन विभागमा काे ? (सूची सहित)
काठमाडाैं, भाद्र १६ नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम हिजो शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गर्नुभएकाे हाे । जसअनुसार प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल र गुरु बराल आपूर्ति तथा […]
पूरा पढ्नुहोस्




