Tuesday, October 13

राजनीति

काठमाडौंका मेयरको सांसद विकास कोषका लागि बजेट छुट्याएकोप्रति असन्तुष्टि

काठमाडौं, जेठ १७ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु भएको छ । प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सांसदका लागि ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । हिजो मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले सांसद विकास कोषमा रकम छुट्याएपछि सांसदहरु बल्ल वडाध्यक्षको तहमा आईपुगेको टिप्पणी […]

पूरा पढ्नुहोस्

आजदेखि चार दिने भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड जानुहुँदै

काठमाडौँ, जेठ १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण आजदेखि हुँदै छ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। नेपाल सरकारका प्रवक्ता एवं […]

पूरा पढ्नुहोस्

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सरकारद्वारा प्रस्तुत (पूर्ण पाठसहित)

काठमाडौं, जेठ १६ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गनुभएको हो । उहाँका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब […]

पूरा पढ्नुहोस्

आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १६ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यान्वयनमा […]

पूरा पढ्नुहोस्

गणतन्त्र संस्थागत गर्न दलका नेता र कर्मचारी सच्चिनु पर्छः मन्त्री जोशी

चितवन, जेठ १५ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गणतन्त्रका उपलव्धिहरु संस्थागत गर्नका लागि दलका नेता र कर्मचारी सच्चिन आबश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिबस समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको शहिद परिवार सम्मान तथा बिचार बिमर्श कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा बिभिन्न तवरबाट आक्रमण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “गणतन्त्र […]

पूरा पढ्नुहोस्

जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैनः प्रधानमन्त्री

काठमाडौं, जेठ १५ प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताउनुभएको छ । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको […]

पूरा पढ्नुहोस्

सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै : गणतन्त्र दिवस

काठमाडौँ, जेठ १५ महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस […]

पूरा पढ्नुहोस्

उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छ: सभापति देउवा

काठमाडौं, जेठ १५ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताउनुभएको […]

पूरा पढ्नुहोस्

पछाडि परेकालाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

काठमाडौं,  जेठ १४  अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ । अर्थमन्त्री महतले […]

पूरा पढ्नुहोस्

आज संघीय संसदकाे संयुक्त बैठक बस्दै

काठमाडौं, जेठ १४  संघीय संसदकाे दुवै सदनको संयुक्त बैठक आइबतार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित गर्ने कार्यसूची रहेकाे छ । त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको […]

पूरा पढ्नुहोस्