Friday, October 23

वाग्मती

भूकम्प प्रभावितका लागि कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

काठमाडौँ, कार्तिक २० नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । कांग्रेसका सभापति शेरबहादुर […]

पूरा पढ्नुहोस्

व्यक्ति वा संस्था निश्चित गरेर मात्र भूकम्पपीडितलाई सहयोग गर्नू : प्रहरी अनुरोध

काठमाडौँ, कार्तिक १९ नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता […]

पूरा पढ्नुहोस्

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव 

काठमाडौँ, कार्तिक १९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने पहाडी […]

पूरा पढ्नुहोस्

आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, कार्तिक १९ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिर्नुभयो । बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ। केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावितलाई नेपाली कांग्रेसद्वारा रु ५० लाख सहयोग

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ […]

पूरा पढ्नुहोस्

आज आईसीसी विश्वकप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौँ, कार्तिक १८ भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्।

पूरा पढ्नुहोस्

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी आज पनि खुवाउँदै

काठमाडौँ, कार्तिक १८ सरकारले आज शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको […]

पूरा पढ्नुहोस्

राहत र उद्धारमा जुट्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौँ, कार्तिक १८ राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सभापति देउवाद्वारा आग्रह

काठमाडौँ, कार्तिक १८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय […]

पूरा पढ्नुहोस्

भरतपुरमा वर्डप्रेस सम्बन्धि एक हप्ते नि:शुल्क तालिम हुँदै

चितवन, कार्तिक १७ अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर १ हप्ता नि:शुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं – तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले चितवनको भरतपुरमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो । जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कार्तिक १९ गतेदेखि कार्तिक […]

पूरा पढ्नुहोस्