वाग्मती
राजनीतिक व्यवस्था जोगाउन एकता आवश्यक : अध्यक्ष नेपाल
काठमाडौं, कार्तिक २२ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो ।
पूरा पढ्नुहोस्
आज दिउँसो एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, कार्तिक २२ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।
पूरा पढ्नुहोस्
बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित : विश्वकप क्रिकेट
काठमाडौं, कार्तिक २२ भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।
पूरा पढ्नुहोस्
यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपातको सम्भावना
काठमाडौं, कार्तिक २२ देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको अहिले मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको […]
पूरा पढ्नुहोस्
भूकम्प प्रभावितलाई एकीकृत समाजवादीले २५ लाख सहयोग गर्ने
काठमाडौं, कार्तिक २१ नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाद्वारा तिहार लक्षित नारायणगढ बजार अनुगमन सुरु
चितवन, कार्तिक २१ भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले हिजो देखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । हिजो सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । ती पसलहरुलाई सरसफाइँमा ध्यान दिन, […]
पूरा पढ्नुहोस्
आज राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाने
काठमाडौं, कार्तिक २१ राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ । राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । उहाँले आफ्नो युरोप भ्रमण स्थगित गरेर त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले मुलकुमा विपत्ति परेका […]
पूरा पढ्नुहोस्
वाईफाई नेपाल प्रा.लिद्वारा चितवनमा सस्तोमा ईन्टरनेट सेवा विस्तार
चितवन, कार्तिक २० ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनमा सेवा शुभारम्भ गरेको छ । हिजो आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी चितवन जिल्लामा सेवा शुरु गरिएको जानकारी दिएको हो । कम्पनीले बिशेषगरी घरायसी सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको जनाएको छ । कार्यक्रममा कम्पनी प्रमुख प्राविधिक अधिकृत सुचित पौडेलले तीन चार महिनाको सफल परीक्षण पश्चात […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० कार्तिक १९ गतेदेखी कार्तिक २५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ […]
पूरा पढ्नुहोस्
गृहमन्त्री श्रेष्ठ – भूकम्प प्रभावितलाई सहयोगमा कुनै कमी हुँदैन
काठमाडौँ, कार्तिक २० गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी नहुने बताउनुभएको छ । आइतबार विभिन्न राहत सामाग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै जाजरकोट पुग्नु भएका मन्त्री श्रेष्ठले उद्धार, राहत तथा उपचारको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर प्रभावकारी रुपमा परिचालित […]
पूरा पढ्नुहोस्




