Monday, October 19

वाग्मती

नेपाल थाइल्याण्डसँग पराजित : महिला टी–ट्वेन्टी विश्वकप

काठमाडौँ, भाद्र २२ आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ । थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य […]

पूरा पढ्नुहोस्

३ दिन सम्म सञ्चालन हुने सफ्टटेक चितवन-२०८० मेलाको समुद्घाटन

भरतपुर, भाद्र २२ सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको छ । हिजो (विहिबार) उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्यूटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामानै पहिलो पटक सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हव बनाउन सकिन्छ […]

पूरा पढ्नुहोस्

देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं, भाद्र २२ हाल देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी, आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं, भाद्र २२ निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो। २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स (सूचनासहित)

काठमाडौं, भाद्र २२ त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। १८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ। आवेदन दस्तुर १५०० रुपैयाँ […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परीक्षा वोर्ड : कक्षा १२ को पूरक परीक्षाको मिति सर्‍यो

काठमाडौं, भाद्र २१ राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ । आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको हो । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको […]

पूरा पढ्नुहोस्

आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, भाद्र २१ प्रतिनिधि सभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका गतिविधिबारे सांसदहरुका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने […]

पूरा पढ्नुहोस्

यी ५ प्रदेशमा आज हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भाद्र २१ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा […]

पूरा पढ्नुहोस्

कांग्रेस आफ्नै प्रवृतिले कमजोर : केन्द्रीय सदस्य केसी

चितवन, भाद्र २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सह-महामन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसका कार्यकर्ता बाँस जस्तो हुनुपर्ने बताउनुभएको छ । केही नेता कार्यकर्ताहरुमा मन मुटाव रहेको कुरालाई इङ्गित गर्दै उहाँले  जति माथि पुग्यो उति निहुरिनु पर्ने बताउनुभएको हो । एकतामा जोड दिँदै उहाँले  भन्नुभयो,  `हामी दुस्मन होइनौं प्रतिस्पर्धी हौँ । त्यसैले हामीमा झुक्ने […]

पूरा पढ्नुहोस्

यहि भदौं २२ गतेबाट हुने तीज विशेष उद्यमशील एक्स्पो–२०८० को तयारी अन्तिम चरणमा

चितवन, भाद्र २० तीज बिशेष उद्यमशिल एक्स्पो २०८० सम्बन्धि जानकारी दिने उद्देश्यले आयोजित चितवन उद्योग संघ महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईयो । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतमा […]

पूरा पढ्नुहोस्