Sunday, October 18

वाग्मती

आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौ, भाद्र १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।

पूरा पढ्नुहोस्

चितवन हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयरमा निःशुल्क ओपिडी र उपचारमा छुट

चितवन, भाद्र १९ दुई दशक देखि नारायणगढको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा केहि समयको लागि २० प्रतिशत छुट दिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर […]

पूरा पढ्नुहोस्

निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा ७ अंकको सुधार

काठमाडौं, भाद्र १९ पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार हिजो साेमबार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १९ सय ६७ कायम भएर थामियो । सुरुवाती समयमा केही तीब्र गतिमा उकालो लागेर १९ सय ७७ सम्म पुगेको नेप्सेमा अन्तिम सम्म उक्त गति कायम हुन सकेन । […]

पूरा पढ्नुहोस्

वर्षाले पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम प्रभावित

चितवन, भाद्र १९ वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उहाँले भन्नुभयो, “चार–पाँच दिन पानी रोकियो […]

पूरा पढ्नुहोस्

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर […]

पूरा पढ्नुहोस्

एसिया कप क्रिकेट : भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं, भाद्र १९ एसिया कप क्रिकेटमामा नेपाल भारतसँग पराजित भएको छ । सोमबार श्रीलंकामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १ सय ४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा पूरा गरेको छ । भारतको जितमा रोहित शर्माले ७४ र शुभ्मन गिलले […]

पूरा पढ्नुहोस्

नेपाल घर वहाल मञ्च चितवनको अध्यक्षमा जनकलाल कट्टेल

भरतपुर, भाद्र १८ नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन आज सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, […]

पूरा पढ्नुहोस्

भव्यतापूर्वक संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ, भाद्र १८ नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रम सहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। हिजो आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने […]

पूरा पढ्नुहोस्

आगामी असोज १ गते कोरियाको भाषा परीक्षा हुने

काठमाडौं, भाद्र १८ वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ। सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज […]

पूरा पढ्नुहोस्

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा : महिला टि २० विश्वकप

काठमाडौँ, भाद्र १८ आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट […]

पूरा पढ्नुहोस्