Wednesday, October 14

वाग्मती

बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ,फागुन  १९ बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको हाे । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयास भइरहेकाे छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढायो

काठमाडौं ,फागुन  १९ सरकारले  दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हाे । बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएकाे छ । दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेपछि सरकारले मूल्य बढाएकाे हाे […]

पूरा पढ्नुहोस्

व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : जनमोर्चाका अध्यक्ष केसी

काठमाडाैं , फागुन  १९  मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  बताउनुभएको छ । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि […]

पूरा पढ्नुहोस्

दुई विधेयक प्रमाणिकरण : बागमती प्रदेश

काठमाडाैं , फागुन  १९  बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रमाणिकरण गर्नुभएको छ । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उहाँले प्रमाणिकरण गर्नुभएको हो । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले […]

पूरा पढ्नुहोस्

खुमलटार र फ्रेण्ड्सबिच आज खेल हुँदै : शहिद स्मारक ‘ए’ डिभिजन लिग (खेल तालिका सहित)

काठमाडौं ,फागुन  १९ शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज शुक्रबारबाट सुरू हुँदैछ । आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । ‘ए’ डिभिजन क्लबहरुबीच हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन वटा […]

पूरा पढ्नुहोस्

आफूहरुले नयाँ विकल्प खोजिएको : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन  १९ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस २६ गते प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्माले संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरुले नयाँ विकल्प खोजेको बताउनु भएको छ । बिहीवार ८ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमलाई संवोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो […]

पूरा पढ्नुहोस्

मर्यादित र सुरक्षित तरिकाले होली मनाउनूस् : जिल्ला प्रहरी परिसर

काठमाडौं ,फागुन  १९ जिल्ला प्रहरी परिसर काठमाडौंले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरी परिसर काठमाडौंले बिहीबार सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो। प्रहरीले आत्मीय व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको […]

पूरा पढ्नुहोस्

नेपाली उत्पादनका जुत्ता चप्पल प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ सुरु

चितवन, फागुन १८ नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ हिजोदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन फुटवयर एक्स्पो’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् […]

पूरा पढ्नुहोस्

नेपाल यूएईसँग ६८ रनले पराजित : विश्वकप लिग–२

काठमाडौं ,फागुन १८ आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा बिहीबार भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याउन नसकेको नेपालले सुरुवातदेखि ब्याटिङमा खराबी प्रदर्शन गरेसँगै हार व्यहोर्नुपर्यो । घरेलु टोली यूएईसँग नेपाल ६८ रनले हार ब्यहोरेको छ। नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट […]

पूरा पढ्नुहोस्

पौडेललाई निर्वाचित गर्दा संविधान च्यात्ने जोखिम हुँदैन : सभापति देउवा

काठमाडौं ,फागुन १८ राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  बताउनुभएको छ । सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । संघीय सांसदलाई अभिमुखीकरण गर्न कांग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले […]

पूरा पढ्नुहोस्