वाग्मती
विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
काठमाडौं , माघ २ सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । हिजो (आइतबार ) आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको अनुगमन नागरिक उड्डयन […]
पूरा पढ्नुहोस्
भूकम्प सुरक्षा दिवसमा आज औपचारिक कार्यक्रम नहुने
काठमाडाैं , माघ २ आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने भएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ। वि.सं १९९० माघ २ गते विनाशकारी भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी थियो ।
पूरा पढ्नुहोस्
माघे संक्रान्तिकाे अवसरमा प्रधानमन्त्री दाहालकाे शुभकामना सन्देश
काठमाडाैं , माघ १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएकाे छ । आज माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे […]
पूरा पढ्नुहोस्
आ–आफ्नै परम्परा अनुसार मनाउँदै , आज माघे संक्रान्ति
काठमाडौं , माघ १ माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर मनाइँदै छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने […]
पूरा पढ्नुहोस्
काठमाडौंको तापक्रम आज ४ डिग्री सेल्सियस
काठमाडौँ, पुस ३० आज बिहानैदेखि देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ।शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो कायमै छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै […]
पूरा पढ्नुहोस्
कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्नेछौँ : अध्यक्ष नेपाल
काठमाडौं,पुस २९ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्नु भएको छ । आज (शुक्रबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताउनुभयो । अध्यक्ष नेपालले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको हो ।
पूरा पढ्नुहोस्
थारु समुदायको उत्थान, विकासका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने
चितवन ,पुस २९ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा हिजोदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु […]
पूरा पढ्नुहोस्
सिएमसी क्यान्सर इन्स्टिच्यूटमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु
चितवन ,पुस २८ नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमै चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको “सिएमसी क्यान्सर इन्स्टिच्यूट” ले क्यान्सरको उपचार शुरु गरेको छ । जसको आगामी माघ १२ गते बिधिवत उद्घाटन गरिने मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताउनुभयो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु […]
पूरा पढ्नुहोस्
ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय
काठमाडौँ, पुस २८ आगामी माघदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् ।नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका […]
पूरा पढ्नुहोस्सत्तारुढ दलको बैठक आज बस्दै
काठमाडौँ, पुस २८ सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ । यसैगरी, बाँकी […]
पूरा पढ्नुहोस्




