गण्डकी
आज प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित
काठमाडौंं, असार १७ प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १७ गतेदेखी असार २३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । […]
पूरा पढ्नुहोस्
२८ औं स्थापना दिवसमा किसान बचतद्धारा एटीएम सेवाको शुभारम्भ
गैँडाकोट, असार १६ २८ औं स्थापना दिवस अवसर पारेर नवलपुरको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋणसहकारी संस्थाले हिजो शुक्रबारदेखि एटीएम सेवा संचालनमा ल्याएको छ ।संस्थाको प्रधान कार्यालय गैँडाकोट ८ नगरपालिका कार्यालय आगाडी आएको एटीएम सेवाको हिजो शुक्रबार एक कार्यक्रमका बीच किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसे र गैँडाकोट नगरपालिकाका प्रमुख […]
पूरा पढ्नुहोस्
गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई निर्देशन : औषधि व्यवस्था विभाग
काठमाडौं, असार १४ औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालमा सञ्चालित फार्मेसीहरूलाई निर्देशन दिएको छ । कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनासो आएको भन्दै विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको हो । औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ । खरिद तथा […]
पूरा पढ्नुहोस्
आजको मौसम : मनसुनी वायुको प्रभाव रहेको
काठमाडौँ, असार १३ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार १० गतेदेखी असार १६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा […]
पूरा पढ्नुहोस्
कोशी,बागमती तथा गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, असार ७ हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू- भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । बिहीबार बिहान हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान महाशाखा : यी प्रदेशमा आज मध्यमदेखि अधिक वर्षा
काठमाडौं, असार ६ देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि […]
पूरा पढ्नुहोस्
नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै : आइसिसी क्रिकेट
काठमाडौं, असार ५ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् । छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित […]
पूरा पढ्नुहोस्
राष्ट्रिय भूकम्प मापन : दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प
दार्चुला, असार ५ दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो।
पूरा पढ्नुहोस्




